फुसको छानो विस्थापनबाट आठपहरिया समुदाय लाभान्वित

धनकुटा, ३० भदौ । धनकुटा नगपालिकामा सञ्चालित फुस (खर)को छाना विस्थापन गरी निःशुल्क जस्तापाता वितरण कार्यक्रमबाट यहाँका सीमान्तकृत आदिवासी आठपहरिया समुदाय लाभान्वित भएका छन् ।

नगरमा हाल करिब आठ हजारको सङ्ख्यामा रहेका यी जाति यहाँको ग्रामीण क्षेत्रमा पराम्परागत तरिकाले सघन बसोबास गर्दै आएका छन् । आर्थिक तथा सामाजिक क्षेत्रमा पछि परेका कारण राज्य र नगरको प्राथमिकीकरणमा परेकाले यो समुदायलाई फुसको छानो विस्थापन कार्यक्रमबाट सबैभन्दा बढी फाइदा भएको छ ।

गएको पाँच वर्षमा नगरपालिका र केन्द्रीय सरकारको सहयोगमा तीनपटक सञ्चालित कार्यक्रमबाट नगरका सात सय ६४ फुसका छानो विस्थापन गरिएको छ । त्यसमा ८५ प्रतिशतभन्दा बढी आठपहरिया समुदायको फुसको छानामा रातो जस्ता लगाइएको नगर साभेदारी कार्यक्रमका संयोजक सूर्य आठपहरियाले जानकारी दिनुभयो ।

जस्ता पाएपछि खरको छानामा मुसा लागेर हरेक वर्ष छाउनुपर्नेे झन्झटबाट मुक्त भएको धनकुटा–८ स्वारिबागाउँका ३० वर्षीय मदनप्रसाद आठपहरियाले जानकारी दिनुभयो । छाना छाउनका लागि जङ्गलमा खर काट्न खेताला लिएर जानुपर्ने, बाँसलगायत आवश्यक सामान तयार गेरेर छाना छाउने दक्ष व्यक्तिलाई काम लगाउनुपर्ने बाध्यता थियो ।

फुसको छाना विस्थापनले ठूला फुसको घर हुनेलाई दुई–तीन सय भारी खर काट्नुपर्ने, नयाँ पुस्ताले घर छाउन नजान्ने, पुराना असक्त भएर काम गर्न नसक्ने जस्ता समस्याको समधान भएको उक्त वडाका वडाध्यक्ष रसबहादु आठपहरियाले जानकारी दिनुभयो ।

जस्ताको छाना लगाएपछि छानाका माध्यम भएर मुसा, सर्प लाग्ने बर्खामा पानी चुहिने र खडेरीमा आगलागीबाट समेत सुरक्षित भएको उहाँले जानकारी दिनुभयो । नगरका नौ वडामध्ये सबैभन्दा बढी ९५ प्रतिशत आठपहरिया जातिको बसोबास भएको यस वडामा चालु आवमा थप दुई सय ३२ घरले जस्ताका लागि निवेदन दिएको अध्यक्ष आठपहरियाले जानकारी दिनुभयो ।

नगरमा रहेका एक हजार चार सय घरधुरीमध्ये पहिलो प्राथमिकतामा आठपहरिया जातिको घरमा फुसको छाना हटाएर जस्तापाता लगाउने कार्यक्रम निरन्तर रहेको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । हालसम्म नगरको आवास सहुलियत साभेदारी कार्यक्रमबाट पाँच सय ५० र केन्द्रीय सरकारको सुरक्षित जनता आवास कार्यक्रमबाट दुई सय ६४ घरलाई जस्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

विसं २०७५ बाट सुरु गरिएको यस कार्यक्रमबाट नगरले लागत अनुमानका आधारमा चाहिने जस्ता खरिद गरेर दिने गरेको छ भने केन्द्रीय कार्यक्रमबाट फुसको छनो हुने घरलाई जस्ता खरिदका लागि एकमुष्ट रु ७५ हजार अनुदान दिइँदै आएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖