तेह्रथुम र पाँचथर जिल्ला अस्पताललाई ५० शैश्यामा स्तरोन्नति गरिने

तेह्रथुम । प्रदेश – १ सरकारले तेह्रथुम र पाँचथरका जिल्ला अस्पतालहरुलाई ५० शैश्यामा स्तरवृद्धि गर्ने भएको छ । हाल यी अस्पतालहरु १५ शैश्याको मात्रै छन् ।

शनिबार बसेको प्रदेश–१ मन्त्रिपरिषदको बैठकले तेह्रथुम र पाँचथर जिल्ला अस्पताललाई ५० शैश्यामा स्तरोन्नति गर्ने निर्णय गरेको अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले बताए ।

यसकाल लागि प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वे (ओ एण्ड एम) स्वीकृत दिइसकेको मन्त्री आङ्वोले बताए ।

यी दुवै जिल्ला अस्पतलहरु स्तरवृद्धिका लागि विगत देखि नै माग भइरहको थिए । यसा लागि पाँचथर जिल्ला अस्पतालमा ५० शैयाको भवन निर्माण भईसके भइसकेको छ । यद्यपि सो अस्पतालले १५ शैयाको मात्रै सोवा दिइरहेको छ ।

यता जिल्ला अस्पताल तेह्रथुममा भने पूर्वाधार बनिसकेको छैन । डाक्टर, कर्मचारी, उपकरण लगायतका आवश्यकीय वस्तु निर्धारणका लागि ओएण्डएम गर्नुपर्ने हुन्छ । संघीय सरकारको मापदण्ड र सहयोगमा प्रदेशको विज्ञ टोलीले ओएण्डएम गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब सोही सर्भेका आधारमा चिकित्सकका परिपूर्ती र उपकरणको व्यवस्थापन हुनेछ ।

यो सँगै अब पूर्वी पहाडी जिल्ला तेह्रथुम र पाँचथरमा ५० शैया सञ्चालन भएपछि विशेषज्ञ डाक्टर र उपकरणको प्रबन्ध हुनेछ । यसले पुर्वी पहाडी क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा ठूलो राहत पुग्ने अनुमान गरिउको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।