धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन सुरु
धनकुटा,५ असोज । चार्डपर्व नजिकिए संगै धनकुटामा बजार अनुगमन लाई तिव्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटा, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता अधिकार मञ्च कर कार्यलय घरेलु तथा साना उद्योग कार्यलयका प्रतिनिधीहरुले धनकुटाको भेडेटार, सिंधुवा लगायतका स्थानमा रहेका बजार तथा होटलहरुको अनुगमन सुरु गरेका छन् ।
अनुगमनको क्रममा अखाद्यय तथा म्याद गुज्रिएका लेवल नभएका सामग्रीहरु बजारमा भेटीएको र त्यस्ता सामग्री जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकिय अधिकृत अंकित मंग्रातीले जानकारी दिनु भयो ।
अनुगमनको क्रममा केहि पसल तथा व्यवसायहरु दर्ता बिना सञ्चालन भएको र केहिले एक प्रयोजनका लागि दर्ता गराएर अन्य व्यवसाय गरेको पाइएकोले सचेत गराईको छ ।
दर्ता बिना सञ्चालन भएका व्यवसायहरुलाई एक सातासम्मको समय दिएर अनिवार्य दर्ता हुन भनिएको समेत जनाइएको छ ।



