धनकुटामा भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा, असोज ७ । प्रहरी चौकी मुलघाट,धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक कप्लेश्वर स्वर्णकार भाद्र महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सर्बोत्कृष्ट घोषित भएका श्वर्णकारले विभागिय नीति अनुरुप आदेश निर्देशनको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही विभिन्न मितिमा जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा न.-९ मुलघाटमा सवारी साधन चेक जाँच गर्ने क्रममा ला’गु औ’षध गाँ’जा ३९ के.जी.सहित-५ जना मानिस र सवारी साधन मोटरसाइकल-२ थान, बोलेरो-१ थान तथा कागजात नभएका मोटरसाइकल -४ थान, अवैध उत्खनन् गरी ओसार पसारमा संलग्न ट्याक्टर-१ थान पक्राउ गरी यस जिल्ला प्रहरी कार्यालय धनकुटामा दाखिला गरेको र आफु तथा मातहतका प्रहरी कर्मचारीहरुलाई बिभागिय निति निर्देशन अनुसार उत्कृष्ट ढंगवाट परिचालन गराई आफ्नो कार्यक्षेत्र भित्र शान्ति सुव्यवस्था कायम गरी आम जनमानसको बिचमा प्रहरीको छवि उच्च बनाउने कार्य गरेको हुँदा ईलाका प्रहरी कार्यालय, छिन्ताङ, धनकुटा महिला तथा बालबालिका सेवा केन्द्र दरबन्दीका प्रहरी सहायक निरीक्षक कप्लेश्वर स्वर्णकारलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७९ साल भाद्र “महिनाको उत्कृष्ट प्रहरी”(POLICE OF THE MONTH) घोषणा गरिएको हो।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो पनि…
सुर्खेतमा चाडपर्व लक्षित सुरक्षा योजना
कर्णाली, ७ असोज (रासस) ःसुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताउनुभएको छ ।

दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लागुऔषधलगायका दुव्र्यसनीका घटना हुने, जुवातास, अवैध धन्दा जस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रणगर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हप्तापिच्छे दुई–तीनपटक बजार अनुगमन गरिरहेका छौँ । अनुगमनको प्रभावकारिताका लागि कडाइका साथ लगिएको छ ।”

सुर्खेतका बढी भीड हुने वीरेन्द्रनगर, छिन्चु, मेहलकुना, गुर्भाकोट, बोटेचौर, सिम्ता, बड्डीचौर, बाबियाचौलगायतका बजारमा व्यापार व्यवसायलाई सेवाग्राहीमैत्री र सहज बनाउन विशेष सुरक्षा योजनाले सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार समाजमा अन्य सामाजिक अपराधका घटना घट्न नदिन मुख्य–मुख्य बजारमा सुरक्षाकर्मी खटाइएको छ ।

प्रजिअ रिजालले नागरिकलाई सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतसँग समन्वय गरेर सुपथ मूल्यका पसल सञ्चालन गर्न लगाइएको बताउनुभयो । सुर्खेतलगायत कर्णालीका दशै जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि पछिल्लो एक हप्तामा सामान किन्ने नागरिकको घुइँचो लाग्न थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।