प्रवल जनसेवाश्री पदक प्राप्त खनाललाई धनकुटा नगर कार्यपालिकाले गर्यो सम्मान

धनकुटा,७ असोज । संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपतिबाट प्रवल जनसेवाश्री पदकबाट विभुषित धनकुटा नगरपालिकाका वाताबरण शाखा अधिकृत उपेन्द्र खनाललाई धनकुटा नगर कार्यपालिकाले सम्मान गरेको छ ।

आज एक कार्यक्रमका बिच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, उपप्रमुख भिमादेवि खनाल लगायतले खनाललाई सम्मान गर्नु भएको हो ।

राष्ट्रपतिले संविधान दिवसको अवसरमा ९ सय ९८ जनालाई विभिन्न पदक प्रदान गर्नु भएको थियो ।

यो पनि..
विद्यालयमा गुणस्तरहीन दिवा खाजा अभिभावकको असन्तुष्टि
पोखरीया, ७ असोज (रासस)/सरकारले विद्यालयमा दिवा खाजा व्यवस्था गर्न बर्सेनि ठूलो स्रोत÷साधन खर्च गर्दै आएको छ । स्थानीय तहहरूले पनि आफ्ना साधन÷स्रोत खाजाका लागि खर्च गर्दै आए पनि केही सामुदायिक विद्यालयमा दिवा खाजा गुणस्तरहीन भएको र अर्धकाँचो खानेकुरा बालबालिकालाई खुवाउने गरिएको गुनासो बढेको छ ।

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषकतत्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिए पनि उनीहरुले नपाकेको खानेकुरा त्यो पनि चाहिने जति नदिइने गरिएका कारण बालबालिका टिफिनको बेला घर नै आउने गरेको सम्बद्ध अभिभावले बताएका छन् ।

पर्सा गर्दाैलकी एक अभिभावक सोनमतीदेवी राम गुनासो गर्नुहुन्छ, “घरको आर्थिक अवस्था कमजोर भएका व्यक्तिका बालबालिकालाई विद्यालय पठाउनै मुस्किल हुने गरेकाले बालबालिका विद्यालय पढ्न आउन भनेर नै सरकारले दिवा खाजाको त व्यवस्था ग¥यो तर हाम्रो बालबालिकाका लागि विद्यालयले कस्तो खालको खाजा खुवाउँदै छ भन्ने निगरानी पनि सरकारले राख्न जरुरी थियो । कहिले अर्धकाँचो त कहिले खाजा नै नभेटिने, कहिले आधा पेट खाजा मात्रै दिने गरिएकाले बालबालिका खाजा खोज्दै घर आउनुपर्छ भने के फाइदा नामको लागि मात्रै खाजाको व्यवस्था गरेकोजस्तो देखाएर ? फाइदा मात्रै विद्यालयलाई होला हाम्रो बालबालिकालाई त छैन ।”

कतिपय विद्यालयमा आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा कार्यक्रम सञ्चालन भएको छैन भने कतिपय विद्यालयमा दिवा खाजाको नाममा अर्धकाँचो खाने कुरा दिइरहेका कारण बालबालिका बिरामीसमेत परेको सम्बद्ध अभिभावकको गुनासो छ ।

पर्सा हासवाकी फूलमती देवी भन्नुहुन्छ, “काँचै पकाएर दिइने दिवा खाजाका कारण बच्चा बिरामी पनि पर्छन् । कहिले त पेट नभरेर घर पनि आइपुग्छन् । बालबालिकालाई विद्यालयमा टिकाइराख्न र स्वस्थ राख्न यो व्यवस्था गरिएको भनिन्छ तर यहाँ खाजामा पनि भेदभाव गरिन्छ । विद्यार्थीका लागि एकथरीको र शिक्षक शिक्षिकाका लागि अर्को थरीको खाजा पकाइन्छ । त्यसैले सरकारका प्रतिनिधि आफैँ विद्यालयमा आएर खाजाको गुणस्तर निरीक्षण गर्न जरुरी छ ।”

दिवा खाजा कार्यक्रमको बजेट सङ्घीय सरकारबाट स्थानीय पालिकामा समयमै पठाईएपनि विद्यालयमा भने आर्थिक वर्षको अन्तमा मात्रै आपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको बताउँदै पर्साका एक प्राध्यानाध्यापक शिवनाथ प्रसाद दिवा खाजा कार्यक्रमका लागि आएको बजेट वर्षको अन्तिम अर्थात् बजेट फ्रिज हुन केही दिन मात्रै बाँकी रहँदा निकासा हुने गरेको तथा सुरुमा दिइएको विद्यार्थी सङ्ख्याको आधारमा वर्षको अन्त्यतिर बजेट आउँदा विद्यार्थीको सङ्ख्या वृद्धि हुने गरेकाले समस्या सिर्जना हुने गरेको बताउनुहुन्छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेल दिवा खाजाबारे भएका वा हुने विभिन्न गतिविधि र समस्याका विषयमा सरोकार स्थानीय पालिका मै हुने गरेकाले पालिका र पालिकाका जनप्रतिनिधिले यसतर्फ विशेष ध्यान दिन आवश्यक रहको बताउँनुहुन्छ । उहाँ विभिन्न गुनासा र समस्या केन्द्रसम्म आइपुगे त्यसको समाधानका लागि पहलसमेत हुने गरेको जिकिर गर्नुहुन्छ ।

स्थानीय तहहरूका अनुसार दैनिक फरक–फरक खानेकुरा विद्यार्थीलाई उपलब्ध गराउन निर्देशन दिइए पनि खाजाको गुणस्तर तथा पोषक तत्व नपु¥याएर सरकारको निर्देशन औपचारिकतामा मात्र सीमित भएको अभिभावकहरूको गुनासो छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖