जिल्लामा नयाँ इतिहास निर्माण गर्ने उद्घोष गर्दै धनकुटा-काठमाण्डौ सम्पर्क समिति पुर्नगठन
धनकुटा । नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्र्पक समितिको पूर्नगठन गरिएको छ । काठमाण्डौमा आयोजित शूभकामना आदन प्रदान को अवसरमा सम्पर्क समिति पुर्नगठन गरिएको हो ।
नेपालीहरुको महान पर्व बडादशै,दीपावली,नेपाल सम्वत,छठ,उधौली लगायतको अवसरमा नेपाली कांग्रेस धनकुटा सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा नेताहरुले जिल्लामा नयाँ ईतिहास निर्माण गर्ने उद्घोष गरेका छन् ।
सम्पर्क समितिका समितिको विरिष्ठ उपसभापतिमा कुमार थापा,सचिवमा तीर्थ अधिकारी,सहसचिवमा सुजन अधिकारी र सदस्यहरुमा बाबुराम रोगु,नन्दु राई र सुरेन्द्र वहादुर गिरी थप गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
समितिका सभापति भिम वहादुर थापाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय कार्य सम्पदान समिति सदस्य तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले यस पटक धनकुटामा नयाँ ईतिहास निर्माण गर्ने उद्घोष गर्नुभयो। कार्यक्रममा पार्टीका पूर्व केन्द्रिय सदस्य तथा सभासद मनोहर नारायण श्रेष्ठ, कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याङ्ग लिम्बु,महासमिति सदस्यहरु अजित नारायण सिंह थापा, आनन्द सन्तोषी राई,नेता डा सुरेश आर्चाय,संविधान सभा सदस्य अञ्जना ताम्ली,पूर्व सभापति हरी अधिकारी,जिल्ला उपसभापति निर्मल प्रसाद ओझा, क्षेत्रिय सभापति राजन पौडेल लगायतले शूभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव तीर्थ अधिकारीले गर्नु भएको थियो ।


