छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गिता गुरुङ खेवाद्धारा बेमौसमी स्कुसको बीउ बितरण

धनकुटा खबर संवाददाता । धनकुटा जिल्लाको छथर जोरपाटी गाँउपालिकाको वडा नम्बर २ र ६ को गर्मी स्थानका लागि बेमौसमी हजारे जातको स्कुसको बीउ एक कार्यक्रम बीच पालिका उपाध्यक्ष गिता गुरुङ खेवाले बितरण गर्नुभयो । उक्त बेमौसमी स्कुसको बीउ बितरण कार्यक्रममा वडा अध्यक्षहरु कृष्ण मगर तथा दिपक गुरुङको समेत उपस्थिति थियो । बेमौसमी स्कुसको बीउ ४० जना जति कृषकहरुले पाएका थिए ।

छथर जोरपाटी गाँउपालिकाको ६ वटै वडामा बेमौसमी स्कुस हजारेको खेती बिस्तार गर्ने योजना अनुसार आज वडा २ र ६ मा बेमौसमी स्कुसको बीउ बितरण गरिएको हो र अन्य बाँकी ४ वटै वडामा समेत बितरण गर्ने योजना रहेको पालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो ।

ईलामको सुर्योदय नगरपालिकामा मात्रै ब्यवसायिक रुपमा खेती भई रहेको यो बेमौसमी स्कुस धनकुटामा समेत बिस्तार गर्ने योजना रहेको र यसको बीउलाई धनकुटामा ब्यवसायिक रुपमा बिस्तार गरि स्रोत केन्द्रको रुपमा बिकास गरि धनकुटाबाटै एक नम्बर प्रदेशका अन्य जिल्लामा समेत बीउ बिस्तार गरिने योजना रहेको उपाध्यक्ष खेवाले बताउनु भयो ।

वडा अध्यक्ष गुरुङले उत्पादनलाई जोड दिनका लागि बेमौसमी स्कुसको बीउ बितरण गरिएको बताउनु भयो भने अर्का वडा अध्यक्ष मगरले यससाल बितरण गरिएको बेमौसमी स्कुसको बीउबाट राम्रो नतिजा आएमा आगामी बर्ष ब्यापक रुपमा बेमौसमी स्कुसको कार्यक्रम गरिने बताउनु भयो । यो बर्ष नमुनाको रुपमा सुरुन्गेका १० परिवार कृषकलाई यसको खेतीको लागि छनौट गरिएको बताउनु भयो ।

हजारे जातको स्कुस भदौ, असोज र कार्तिक महिनामा रोप्न सकिने र यसलाई मधेश, भित्री मधेश, बेसी तथा पहाडका गर्मी हुने ठाँउहरुका लागि ब्यवसायिक रुपमा लगाउन सकिने स्कुस हो । तराईमा बर्षेणी बीउ फेर्न पर्दछ भने पहाडि क्षेत्रमा एकपटक रोपेको स्कुस ३ बर्ष सम्म फल्ने गर्दछ । कृषि पर्यटन अभियन्ता तथा लेखक जीवनप्रसाद राईले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖