साँगुरीगढी स्थित आत्मा घर पर्यटकका लागि आकर्षक स्थल बन्दै
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्की डाँडा स्थितको आत्मा घर पछिल्लो समय पर्यटकका लागि आकर्षक स्थल बन्दै गएको छ ।
स्थानीय मगर समुदायले पुस्तौं पहिला दिवंगत भएका आफन्तजनको समाधि स्थललाई विषेश प्रकारले आत्मा घर बनाएपछि यो क्षेत्र पर्यटकको लागि आकर्षक स्थल बनेको हो ।
फरक विशेषता रहेको यो आत्मा बस्ने घर सहित अरु पर्यटकीय क्षेत्रहरु भएको कारणले पनि यो क्षेत्र पर्यटकको रोजाईमा पर्ने गरेको स्थानियको भनाई छ ।
आत्मा बस्ने घरमा नाम्जे स्थित चिहानघारीमा रहेका १ सय १३ चिहान उत्खनन गरी एउटै ठाउमा कलात्मक घरबनाईएको छ । भेडेटार बजारबाट झण्डै ४ किलोमिटर दूरीमा रहेको यो घरबाट पूर्वका अधिकांश जिल्ला सहित हिम श्रृंखला हेर्न सकिन्छ ।
पछिल्लो समय आकर्षक गन्तव्य बनेको यो आत्माघर अवलोकनका लागि भारतीय नागरीक र नेपालकै पनि विभिन्न स्थानबाट दैनिक सयौको हाराहारीमा पर्यटक आउने गरेका स्थानियले बताएकाछन् ।
यो पनि…
नेपाल–इटाली सहकार्यका विषयमा छलफल
काठमाडौँ, २४ असोज (रासस) ःसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो ।
इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दैै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा राजदूत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाको संरक्षण, पुननिर्माण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताउनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । —


