धनकुटामा पनि डिभी चिठ्ठा प्रति आकर्षण
धनकुटा,२५ असोज । धनकुटामा पनि डाइभर्सिटी भिसा चिठ्ठा भर्नेको आकर्षण बढ्दै गएको छ ।
अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँने क्रम अन्र्तगत डिभी चिठ्ठा खोल्ने गर्दछ ।
अक्टोबर ५ देखि डिभी लोटरी खुलिसकेको छ । न्युयोर्क समय अनुसार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने गरी डिभी खोले संगै धनकुटामा पनि डिभी भर्ने स्थानमा यूवायूवतीको भिड लाग्न थालेको छ ।
अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो । जस अन्र्तगत नेपाल बाट पनि धेरै मानिस अमेरीका पुग्ने गरेका छन् पछिल्लो समय ग्रामिण क्षेत्रका यूवायूवतीमा समेत डिभी चिठ्ठा भर्ने तर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।
अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो ।


