बर्षाको कारण धनकुटामा समेत जनजिवन प्रभावित

धनकुटा,२६ असोज । लगातारको बर्षाको कारण धनकुटामा समेत जनजिवन प्रभावित भएको छ ।

केहि दिन यता परिरहेको बर्षाका कारण जनजिवन प्रभावित बनेको हो ।बर्षाका कारण सदरमुकाम धनकुटा बजारमा चहल पहल घटेको छ भने ग्रामिण सडकमा यातायात साधन नचल्दा दशैंमा गाउँघर गएकाहरुलाई कर्मथलो फर्कन समेत समस्या भएको छ ।

बर्षाका अन्य जिल्लाको जस्तो मानविय तथा भौतिक क्षति नभए पनि पाक्न लागेको र पसाउँदै गरेको धानबालीमा क्षति गरेको छ ।

यो पनि…
जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा
नेपालगञ्ज, २६ असोज (रासस)ः करिब रु ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलामदेखि दार्चुलासम्म सङ्कलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बङ्गलादेशसमेत निर्यात भएको छ । “नेपालबाट जडीबुटी मुख्य निर्यात हुने देश चीन र भारत नै हो”, उहाँले भन्नुभयो । खासगरी जटामसी मार्क, अमला, गुर्जोलगायत विभिन्न प्रकारका प्रशोधित जडीबुटी विदेश निर्यात हुने गरेको छ ।

सरकारको नियमानुसार व्यवसायीले जडीबुटी प्रशोधन नगरी बेच्न नपाइने उल्लेख गर्दै सङ्घका केन्द्रीय अध्यक्ष शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाउनुभयो । यसमा सहजीकरण भए पैसामा देखिएको समस्यासमेत समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब रु एक करोड बराबरको उत्पादन थन्किएको बताउनुभयो । जडीबुटी व्यवसायी सङ्घका अनुसार बाँकेमा जडीबुटीसम्बन्धी साना र ठूला गरेर १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको सङ्घले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।

नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी सङ्घका पूर्वाध्यक्ष याकुब अन्सारीले बताउनुभयो । निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने र व्यवसायीलाई समेत लाभ पुग्ने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖