नेविसंघ धनकुटा सभापति दाहाल पार्टीबाट निष्कासित
धनकुटा,२६ असोज । नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सभापति बालानन्द दाहाललाई नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको सभापति तथा कृयाशिल सदस्यता सहित साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको छ ।
पाटीको अनुशासन विपरीत गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितीको निर्दैशन अनुसार कारबाही गरिएको नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईद्धरा जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
दाहालले धनकुटा प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रदेश सभाका लागि उम्मेदवारी दिएका थिए । दाहालले भने कारबाहीलाई स्वभाविक रुपमा लिएको र गठबन्धनले समेत आफ्नो क्षेत्रमा बाहिर भोटर लिष्ट भएको उम्मेदवार ल्याएर उठाएको र गठबन्धनमा आवद्ध भएकै दलका नेताहरु स्वतन्त्र उम्मेदवार लाई सहयोग गररे हिडेकाले आफूले समेत उम्मेदवारी फिर्ता नलिएको उनको भनाई छ ।
उनले नेपाली कांग्रेसकै हितका लागि उम्मेदवारी दिएको दाबी समेत गरे ।



