पाख्रीबासमा एमाले निर्वाचन परिचालन कमिटीको पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निर्वाचन परिचालन कमिटीको पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

आसान्न मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उठाएका उम्मेदवार लागि अत्यधिक बहुमतले विजयी गराउने उद्देश्यले आयोजना गरिएको पालिका भेलामा सहभागी नेता कार्यकर्ताहरुलाई पार्टीको नीति र सिद्धान्त भित्र रहेर दृढताका साथ पार्टीले दिएको विभिन्न जिम्मेवारी र काम कर्तव्यको विषयमा जानकारी गराउदै पार्टीले दिएको जिम्मेवारी पूरा गर्न जिल्ला कमिटीका शिर्ष नेता उम्मेदवारहरुले निर्देशन दिएका थिए ।

कार्यक्रम संघिय प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , निर्वाचन क्षेत्र नम्बर ‘ख’ का उम्मेदवार ईन्द्रमणि पराजुली , ‘ख’ का समानुपातिक शिवआङ्ग्ला लिम्बुले आगामी मङ्सिर ४गते हुने निर्वाचनमा सबै स्थानीय कमिटीका नगर,वडा र टोल कमिटीका नेता कार्यकर्तालाई धनकुटाको समृद्धि र विकासका लागि एकबद्दत्ता भै युद्वस्तरमा चुनावमा होमिन आग्रह गर्नु भएको थियो ।

साथै उम्मेदवारहरुले पाख्रीबासका सम्पूर्णमा एमाले पार्टीको चुनाव चिन्ह सुर्य मतदान गर्न आव्हान गरेकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖