उदयपुर-खोटाङ जोड्ने फोक्सिङटारको आर्क ब्रिजको ढलान सकियाे, एक महिनाभित्रै सञ्चालनमा आउने

उदयपुर, ३० असोज । उदयपुर-खोटाङ जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा निर्माणाधिन आर्क ब्रिजको ढलान सम्पन्न भएको छ । आर्क ब्रिज ढलानपछि उदयपुर-खोटाङ पक्की पुलले जोडिएकाे छ ।

ढलानसँगै लामो समय अलपत्र अवस्थामा रहेको फोक्सिङटारको पक्की पुल अबको एक महिनाभित्रमा सञ्चालनमा आउने भएको हो । १० वर्षदेखि अलपत्र अवस्थामा रहेको फोक्सिनटारको पक्की पुल यातायात सञ्चालनको अन्तिम चरणमा पुगेकाे छ । निर्माण कम्पनीले पछिल्लो समय द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो ।

सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको याे पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेकाे हाे । गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिङटारमा निर्माणाधीन पुल २२ चैत २०७५ मा सम्पन्न गर्ने गरी ३० चैत ०६९ मा १८ करोड २ लाखमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले सम्झौताअनुरुप चार वर्षअघि नै निर्माण सम्पन्न गर्नु पर्नेमा पुलको डिजाइन निर्माणमा ढिलाई गरेकाले तोकिएको समयमा निर्माण सम्पन्न नभएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेबीका प्रोपाईटर राजकुमार थापाले जानकारी दिए । उनले भने, ‘पुलको मुख्य स्ल्याब ढलान शुक्रबार सकेका छौं । अबको एक महिनाभित्र पुलको रेलिङ लगाउने काम र पुल वारीपारीको एप्रोज रोड बनाउने र कालोपत्रे गर्ने योजना छ ।’ नदीको दुवैतर्फ साढे ६ मिटर गहिरो फाउन्डेसनसहित २० मिटर अग्लो पिलर र एक सय २० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती वाईपी जेबीले लिएको थियाे ।

पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको थियाे । नयाँ प्रविधिको आर्क ब्रिजको ईन्जिनियर अजयकुमार साहको रेखदेखमा ढलान गरेको र कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउने योजना रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।