जिल्ला प्रहरी कार्यालय धनकुटाले यसरी मनायो ६७ औ प्रहरी दिवस

धनकुटा,३१ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले ६७ औ प्रहरी दिवश भव्यताका मनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कर्तब्य पालनाको शिलशिलामा वीरगति प्राप्त गर्नु हुने अमर प्रहरीका आफ्न्तहरु दुर्गा लिंखा राई,अर्जुन थापा, रत्न बहादुर राई र कमला पुरीआचार्यलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै प्रहरी चौकी डाँडाबजार धनकुटाको लागि नि:शुल्क जग्गा प्रदान गर्नु हुने जग्गादाता धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ बस्ने दिपक बस्नेत, ,प्रहरी चौकी मुलघाट धनकुटामा प्रतिक्षालय निर्माण गरी सहयोग गर्नु हुने धनकुटा नगरपालिका ९ का तिलक बहादुर घिमिरे, जेष्ट पुर्व प्रहरी कर्मचारी धनकुटा नगरपालिका ४ बस्ने पुर्ब प्रहरी सहायक निरीक्षक झपड प्रसाद घिमिरेलाई कदर पत्रद्धारा सम्मान गर्नु भयो ।

साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यन्वयमा प्रभावकारी ढंगबाट सहयोग पुर्याउने हिले माध्यमिक बिधालय धनकुटा नगरपालिका का शिक्षक खगेन्द्र प्रसाद आचार्य र हुसाडेक नेपाल र हाम्रो बहुमुखी पाठशाला धनकुटा नपा ७ का सरोज भुजेललाई १ नं।प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्रदान गरिएको कदर पत्रले सम्मान गर्नु भएको थियो ।

त्यस्तै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु क्रमश प्रनानि डम्बर बहादुर थापा,प्रसनि शान्त कुमार पाण्डे,प्रबह तारानाथ लावती,प्रसह लाल बहादुर कार्की,सागर थापा , प्रहरी जवान बिपन तामाङ र बिक्रम कार्की समेतलाई नगद पुरस्कार सहित सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी कट्टेल, जिल्ला प्रहरी कार्यालयका धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी,भिम दल गण सल्लेरी धनकुटाका प्रमुख सेनानि ,छिन्ताङ सशस्त्र प्रहरी गुल्म धनकुटाका सप्रनाउ,राष्ट्रिय अनुसंधान कार्यालय धनकुटाका प्रमुख अनुसंधान अधिकृत, बिभिन्न संघ संस्थाका प्रमुख ,पुर्व प्रहरी कर्चारीहरु ,अमर प्रहरीका आफन्त,पत्रकार, प्रहरी अधिकृत तथा जवानहरुले जिल्ला प्रहरी कार्यालय धनुकटामा अबस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत प्रहरी निरीक्षक सुवास भट्टराईले प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवशको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।

तस्बिरहरु -जिल्ला प्रहरी कार्यलय धनकुटाको फेसबुक पेज बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।