चौबिसे गाउँपालिकामा नेकपा एमालेको घरदैलो तथा जनता भेटघाट अभियान सुरु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले पार्टीको घरदैलो तथा जनता भेटघाट अभियान सुरु भएको छ ।

गाउँपालिकामा चुनावी प्रचारप्रसार अभियान नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज संघीय प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , प्रदेश क्षेत्र नं १ का उम्मेदवार निरन राई र समानुपातिक उम्मेदवार शिव आङ्ला लिम्बूलेको टोलिले घरदैलो तथा जनता भेटघाट अभियान थालेको हो ।

बुधबार गाउँपालिका वडा नं। ५ बोधे क्षेत्र बाट चुनावी प्रचारप्रसार घरदैलो ,वडा भेला जनता भेटघाट गरेको छ । अभियानमा पार्टीका शिर्ष नेता , पालिका कमिटी पदाधिकारी , वडा कमिटी ,टोल कमिटीका नेताकार्यकर्ताको सहभागिता रहेको छ ।

यो पनि …
पशुपालनबाट मनग्य आम्दानी
दोधारा चाँदनी, ३ कात्तिक (रासस) ःकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लाग्नुभएको छ । रु ७० लाख लगानी गरेर उहाँले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहनुभएकोे छ । कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उहाँले बताउनुभयो ।

“सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो ।” उहाँले भन्नुभयो, “लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिक रुपमै पशुपालनमा लागे ।” सुरुआतामा रु चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उहाँले व्यवसाय विस्तार गर्दै अहिले रु ७० लाख लगानी गरेको उहाँले बताउनुभयो ।

“बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैँसीपालनका लागि तयारी गर्दै छु ।” उहाँले भन्नुभयो, “यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।” उहाँको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । बाख्रापालनमा राम्रो सम्भावना देखेका उहाँले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाउनुभयो ।“अहिले प्रदेश सरकारबाट पनि मैले रु ४० लाख अनुदान पाएको छु ।” उहाँले भन्नुभयो, “अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।” अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उहाँले बताउनुभयो । “भैँसीपालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुआत चार वटा भैँसीबाट गर्छु ।” उहाँले भन्नुभयो, “विस्तारै २० वटासम्म भैँसीपालन गर्ने लक्ष्य छ ।”

पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको उहाँले बताउनुभयो । “हरेक बुधबार यहाँबाट काठमाडाँै मैली खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ ।” उहाँले भन्नुभयो, “अहिले एकीकृत गरेर पशुपालन गरेको छु स्थानीय तहसँग समन्वय गरेर अन्य किसानलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौँ ।” उहाँको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖