नेकपा एमाले धनकुटाले निर्वाचन लक्षित जनतासंग भेटघाट कार्यक्रमलाई दियो तिब्रता
धनकुटा । नेकपा एमाले धनकुटाले आसान्न मंशिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जनता संग भेटघाट कार्यक्रमलाई तिब्ररुपमा अगाडि बढाई रहेको छ ।
सोहि क्रममा नेकपा एमाले धनकुटाका निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार ईन्द्रमणी पराजुली ,समानुपातिक उम्मेदवार तारा तितुङ मनकुमारीले छथरजोरपाटी गाउँपालिका वडा नं १ र २ का जनता संग भेट गर्नु भएको छ ।
१ र २ का टोल टोलमा पुगेर जनता संग भेटघाट गर्दै उनिहरुको समस्या तथा विकास निर्माणका विषयमा अन्तरक्रिया गर्ने क्रममा जनताको सल्लाह र सुझाव र मागलाई टिपोट गर्दै उहाँ हरुले सुशासन, समृद्धि,विकास निर्माण , शिक्षा,स्वास्थ्य, खेलकूद,खानेपानी, सिचाइ लागयत क्षेत्रमा विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो।
१ र २ का जनताबाट सडक ,खानेपानी ,सिचाइ ,कृषि , शिक्षा स्वास्थ लगायतका क्षेत्रका समस्या तथा माग राखेका थिए साथै जनताको सडकबाटो निर्माणको चाहनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो। अभियानका क्रममा पार्टीका केन्द्र प्रदेश ,जिल्ला ,पालिका वडाका शिर्ष नेताका सहभागी थिए ।



