धनकुटामा लोकतान्त्रिक बाम गठबन्धनको जिल्ला स्तरिय अगुवा नेताहरुको भेला सम्पन्न

धनकुटा । धनकुटा जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन जिल्ला स्तरीय अगुवा नेताहरुको भेला सम्पन्न भएको छ ।

भेलामा नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य तथा धनकुटाका प्रतिनिधि सभाका लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार पूर्व मन्त्री सुनिल वहादुर थापाले धनकुटाको विकास र समृद्धीका लागी धनकुटामा लोकतान्त्रिक बाम गठबन्धनलाई धनकुटेलीले जिताउने वताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. १ धनकुटाका प्रत्यक्ष उम्मेदवार अर्जुन राई,प्रदेश सभा क्षेत्र नं. २ धनकुटका प्रत्यक्ष उम्मेदवार कुसुम कुमारी श्रेष्ठले धनकुटेली जनता परिर्वतनको पक्षमा यस पटक उभिने भएकाले लोकतान्त्रिक बाम गठबन्धनले जित्ने वताउनु भयो ।

अगुवा नेताहरुलाई निर्देशन दिदै नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति तथा निर्वाचन मुल परिचालन समितिका धनकुटा जिल्लाको संयोजक दिनेश राई, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धनकुटा ईञ्र्चाज धन माया विक खनाल, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य धनकुटा इञ्र्चाज धर्मराज पौडेल,सचिव खगेन्द्र सुवेदीले लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन व्यापक रुपमा नया एजेण्डा लिएर गाउ गाउ सम्म सवै नेताहरुलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा लोकतान्त्रिक बाम गठबन्धन धनकुटाका कार्यक्रम निर्माण संयोजक तथा सदस्य सचिव विजय सन्तोषी राई,जिल्ला सचिव जयन्द्र घिसिङ्ग,सहसचिव गिरिजा प्रसाद दाहाल लगायतले अभियानको वारेमा सहजिकरण गर्दे पहिलो चरणको कार्यक्रमले लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा धनकुटामा व्यापक जनलहर ल्याएको वताउनु भयो ।

लोकतान्त्रिक बाम गठबन्धन धनकुटा जिल्ला मुल परिचालन समितिका संयोजक दिनेश राईको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖