माओवादी केन्द्रले भण्डारीलाई साधारण सदस्य समेत नरहने गरि गर्यो कारवाही
धनकुटा । गठबन्धनका उम्मेद्धार विरुद्ध आगामी निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभामा स्वतन्त्र उम्मेद्धारी दिएकाहरुलाई नेकपा माओवादी केन्द्रले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ ।
यो कारवाहीमा धनकुटाबाट स्वतन्त्र उम्मेद्धारी दिएका हेमराज भण्डारी पनि परेका छन् ।
यसअघि माओवादी केन्द्रका केन्द्रिय सदस्य रहेका उनलाई साधारण सदस्य समेत नरहने गरि पार्टीले कारवाही गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
भण्डारीले आउदो निर्वाचनका लागि प्रत्यक्ष तर्फ प्रतिनीधि सभाका लागि पार्टीको निर्णय विरुद्ध स्तन्त्र उम्मेद्धारी दिएका छन् ।



