नेवि संघ धनकुटाले जिल्लाको ७ वटै पालिकामा संयोजक तोक्यो
धनकुटा । आगामी मंशिर ४ गते हुन लागेको प्रतिनीधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल विद्यार्थी संगठन (नेवि संघ) धनकुटाले जिल्लाको ७ वटै पालिकामा संयोजक तोकेको छ ।
निर्वाचन परिचालनका लागि जिल्लाको धनकुटा नगरपालिकामा आकृती राई,पाख्रीवास नगरपालिकामा प्रशान्त थापा,महालक्ष्मी नगरपािलकामा विजय चापागाई,सागुरीगढी गाउँपलिकामा सुदीप लावती,छथरजोरपाटी गाउँपालिकामा युवराज घिमिरे,चौविसे गाउँपालिकामा मातृका खतिवडा र सहिदभुमी गाउँपालिकामा कञ्चन राईलाई संयोजक तोकिएको नेवि संघले जनाएको छ ।

यो पनि..
तिब्रता दिंदै
नारायण कुमार राई/धनकुटा १४,कार्तिक । नेकपा एमाले धनकुटाको तर्फबाट प्रदेश ‘क’ का उमेद्वार निरन राईले आफ्नो क्षेत्रका मतदाताहरु संग दोस्रो चरणको भेटघाटलाई तिब्रता दिनुभएको छ ।
राईले यस अघि प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राई संग असोज २८ गते देखि कार्तिक ६ गते सम्म जिल्लाको ‘क’ निर्वाचन क्षेत्रको अभियान पुरा गर्नुभएको थियो ।
संयुक्त अभियान सकिएपछि राईले हिजो कार्तिक १३ गतेबाट धनकुटा नगरपालिकाको वडा नं. १ र ३ वडाबाट एकल अभियान शुरु गर्नुभएको हो । यसै क्रममा राई सहित एमालेका नेता तथा उमेद्वारहरुको टोलीले आज नगरको वडा नं. ४ दानाबारी र वडा नं.५ को ठूलोघरमा कोण सभा गरेको थियो ।
कोण सभामा स्थानियबासीहरुले राखेका बिभिन्न मागहरुलाई उमेद्वार राईले पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । त्यस्तै टोलीले वडा नं. ५ को माथिल्लो तल्लो,कर्मिटार,देवानटार क्षेत्रका नागरिकहरु संग भेटघाट गरी वडा नं.६ नासल चौकमा सम्पर्क कार्यालय उत्घाटन गरेको छ ।
अभियानमा प्रदेशका समानुपातिक उमेद्वार तारा तितुङ्ग सहित प्रदेश कमिटी सदस्यहरु मदन बस्याल, हिमा बस्नेत यूवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेल,नगर अध्यक्ष अर्जुन छारा लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
भोली ६ र ७ का बिभिन्न स्थानहरुमा अभियान सञ्चालन गरिने नेकपा एमाले नगर कमिटी धनकुटाले जानकारी दिएको छ ।


