नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीद्वारा परेवादिनमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित भेला सम्पन्न
धनकुटा । नेकपा एमाले पार्टी छथर जोरपाटी गाउँ कमिटीले आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित भेला वडा नं ५ परेवादिनमा सम्पन्न गरेको छ ।
भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , प्रदेश निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ईन्द्रमणी पराजुली र समानुपातिक उम्मेदवार शिव आङ्ला लिम्बूले सिदुवा देखि पिपल डाडा सम्म साढे ९ किलोमिटर सडक रिङ रोड निर्माण गर्ने र पिपल डाडा ग्वाआ बेसि सम्म साढे ४ किलोमिटर सडक निर्माण गर्ने प्रतिवूद्वता जनाउनु भएको छ ।
त्यस्तै गरि उहाँहरुले एमाले पार्टीको पक्षमा बहुमत आउने गरि निर्वाचनमा होमिन नेता कार्यर्तालाई आग्रह गर्नु भयो ।
वडा भेलामा केन्द्रीय सदस्य जिल्लाका सहईन्चार्ज सकुन्तला बस्नेत , पार्टीका प्रदेश जिल्ला , छथरजोरपाटी निर्वाचन परिचालन कमिटीका संयोजक सेर बहादुर लिम्बु , गाउँ कमिटी अध्यक्ष ईन्द्र सारु मगर लगायत नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।





