गठबन्धनका उम्मेद्धारको जितका लागि वडा र टोलटोलमा परिचालित हुनु :धनकुटा कांग्रेस
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आफ्नो सबै तहका नेताहरुलाई आ-आफ्नो वडा र टोलहरुमा गई निर्वाचन परिचालनको नेतृत्व गर्न निर्देशन दिएको छ ।
पार्टीका जिल्ला सभापति दिनेश राईले विज्ञप्ती प्रकाशित गर्दै महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी तथा सदस्य,क्षेत्र,पालिका,वडा र टोल समितिका सभापति,पदाधिकारी, सदस्य भातृ तथा शूभेच्छुक सम्पूर्णलाई आ आफ्नो टोलहरुमा गई लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भौतिक रुपमै उपस्थित भई क्रियाशिल हुन निर्देशन दिनु भएको हो ।
लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटादेखी प्रतिनीधि सभाका प्रत्यक्ष उम्मेदवार सुनिल वहादुर थापालाई रुख चिन्हमा प्रदेश सभा क्षेत्र नं १ का प्रत्यक्ष उम्मेदवार अर्जुन राईलाई कलम चिन्हमा, प्रदेश सभा क्षेत्र नं २ मा कुसुम कुमारी श्रेष्ठलाई गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न सवैलाई आ आफ्नो टोल,वडा,पालिका र क्षेत्रका मतदात समक्ष पुगी वातागरण सिर्जना गर्ने लक्षका साथ परिचालित हुन भनिएको सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
त्यस्तै प्रतिनीधि सभा र प्रदेश सभाको समानुपातिकका लागि धनकुटा जिल्लाबाट नेपाली कांग्रेसको रुखमा अत्यधिक मत ल्याउन समेत सक्रिय तरिकाले परिचालिन हुन निर्देशन दिईएको छ । उसले अहिले लोकतान्त्रिक बाम गठबन्धका उम्मेदवारहरुलाई जिताउन प्रत्येक पालिका,वडा र टोल टोलहरुमा व्यापक अभियान तिव्र रुपमा संचालन गरिरहेको सचिव राईले बताउनुभयो । सभापति राईले मंशिर ४ को निर्वाचनलाई एटउा ठूलो अवसरको रुपमा लिनुपर्ने उल्लखे गर्दै लोकतान्त्रिक बाम गठवन्धनलाई जिताएर ईतिहास निर्माण गर्न सेमत सम्पूर्ण शक्ति परिचालित हुनुपर्नेमा जोड दिनुभएको छ ।


