धनकुटाको पाख्रिबासमा मुना बजारको अन्तर्क्रिया तथा सुझाव संकलन

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा “प्रदेश १ का साना तथा मझौला कृषि ब्यवसायी तथा उद्यमीहरुसंग ब्यावसायिक अभिबृद्दि तथा उद्यमशिलता बिकास सम्बन्धमा अन्तर्क्रियात्मक छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनहरुद्वारा शुरुवात गरिएको कृषि अभियानमा नेपालमा रहेका कृषि प्रेमिहरु संग हातेमालो गर्दै स्थापित मुना कृषि लिमिटेडद्वारा संचालित मुना बजारको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

गैरआवासीय नेपाली संघको कृषि प्रबर्द्धन समितिले सन २०१८ बाट नेपालमा काम शुरु गरेको थियो । नेपाल सरकारका संघीय, प्रदेश र स्थानिय तीनै तहका सरोकारवाला निकाय, कृषि सहकारी फारम, किसान तथा सम्बद्ध संघ संस्थाहरुको सुझाब सल्लाहलाई आत्मसात गर्ने बनेको मुना कार्यदलले लामो अध्ययन छलफल र निर्णयबाट सामाजिक उत्तरदायित्व सहितको ब्यवसाय गर्न मुना कृषि लिमिटेड स्थापना गरेको थियो ।

मुना कृषि लिमिटेडले किसानको स्वस्थ र सुरक्षित कृषि उपजहरुलाई सिधै संकलन गरेर सरसफाई, प्याकेजिङ, प्रशोधन गरेर राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा उपभोक्ता सम्म पुर्याउंदै आएको छ ।

नेपालको ६० जिल्लाका किसानहरुसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरी त्यहांका स्थानिय, रैथाने, प्राकृतिक तथा जैविक कृषि उपजहरुलाई मुनाबजारले प्रबर्द्धन गर्दै आएको छ । किसान, कृषि उद्दमी, कृषि सहकारी र सरोकारवाला संघ संस्थाहरु संगको सहकार्यलाई मुनाले उच्च प्राथमिकता दिदै सम्बन्ध बिस्तार गरी रहेको छ । समग्र कृषिको आधुनिकिकरण मार्फत कृषिलाई थप मर्यादित, ब्याबसायिक र औधोगिकिकरण तर्फ उन्मुख गराउदै रुपान्तरणको लक्षमा पुर्याउन निजी क्षेत्रले पनि सानो सघाउ पुर्याउन प्रयासरत रहेको मुना कृषि लिमिटेडले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक युवराज गुरुंग र प्रमुख प्रबन्धक सिता पाण्डेले कम्पनी र गर्दै आएका कामहरुको बारेमा जानकारी दिनु भएको थियो ।

नपा प्रमुख ज्ञान बहादुर गुरुंगको अध्यक्षतामा संचालित कार्यक्रममा कृषि विज्ञ,राजनैतिक दलका प्रतिनिधि,स्थानियवासी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖