छथरजोरपाटी गाउँपालिकाका सामुदायिक विद्यालय ५ दिन बन्द रहने

धनकुटा,२९ कार्तिक । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले यहि मंसिर ४ गते हुने गइरहेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको पठनपाठन मंसिर १ गते देखि ५ गते सम्म स्थगित हुने जनाएको छ ।

विद्यालयमा कार्यरत शिक्षकहरु निर्वाचनमा खटिनु पर्ने तथा विद्यालयहरु मतदान केन्द्रको रुपमा तोकिकोले नियमित पठनपाठनमा कठिनाई हुने भएकोले गाउँपालिको निर्णय अनुसार विद्यालयको पठनपाठन ठप्प हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीद्धारा जारी गरिएको सुचनामा जनाईको छ ।

यो पनि…
‘लालपुर्जा आएपछि मत’
बेदकोट, २९ कात्तिक (रासस)ःकञ्चनपुरको बेदकोट नगरपालिका–२ का वीरबहादुर ठगुन्नाले चारपटक मतदान गरिसक्नुभएको छ । उहाँको पाँच कट्ठा ऐलानी जमीन छ । जग्गाधनी प्रमाण पुर्जा पाउने आशाले मतदान गर्दैआए पनि अहिलेसम्म ठगुन्नाको हातमा लालपुर्जा परेको छैन । त्यसैले उहाँ यसपटक चुनावमा मत खसाल्ने मनस्थितिमा हुनुहुन्न । वर्षाैंदेखि जमिन र लालपुर्जाको आश देखाएर मत मागेर नेताहरूले ठग्ने गरेको ठगुन्ना बताउनुहुन्छ ।

“चुनावको बेला नेताहरु जमिन दिन्छौँ, लालपुर्जा दिन्छौँ भन्छन्,” “तर हाम्रो व्यवस्था कहिल्यै हुँदैन, चुनाव जितेर गएपछि फर्किएर हेर्दैनन् । चुनावमा आफूहरुलाई नेताले मतका लागि मात्रै आश्वासन दिन गरेका छन् ।” उहाँ भन्नुहुन्छ, “यसपटक पनि नेताहरु आएर आश्वासन दिइरहेका छन्, तर अहिलेसम्म केही व्यवस्था नभएकाले यसपटक मत खसाल्ने मन नै छैन ।”
भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीकी लक्ष्मी डगौंराले हरेक चुनावमा जमिन पाउने आशाले मतदान गर्ने गरेको सुनाउनुहुन्छ । “जमिन दिन्छौँ भनेपछि तीन पटकसम्म मतदान गरँे, तर चुनावमा मत माग्ने बेला मात्रै नेताहरूलाई हाम्रो समस्या थाहा हुन्छ, जितेर गएपछि समस्या कसैले सुन्दैनन्”, उहाँ भन्नुहुन्छ, “वर्षाैंदेखि हाम्रो समस्या ज्यूँका त्यूँ छ ।”

बेदकोट नगरपालिका–१ का राजु धामीले विसं २०६८ सालदेखि हात्तीथलामा ऐलानी जमिन भोगचलन गरिरहनुभएको छ । ऐलानी जमिनको लालपुर्जा पाउन उहाँले पटकपटक बनेका आयोगमा निवेदन दिनुभयो । “कमाई खाने जमिनको मालिक बन्ने धेरै ठूलो आशा थियो, तर हाम्रो आशा कहिल्यै पूरा भएन”, धामी भन्नुहुन्छ, “अब त लालपुर्जा पाइने आशा नै छैन ।”

लालपुर्जा पाउने सपना सपनामै सीमित भएको बेदकोट नगरपालिका–५ का गोविन्द धामी बताउनुहुन्छ । “लालपुर्जा दियो भने ऋण निकालेर खेती गर्ने योजना थियो तर लालपुर्जा दिन्छौँ भनेर मत माग्छन्”, उहाँ भन्नुहुन्छ, “हामीहरू पनि आशै आशमा भोट हालेर जिताउँछौँ तर जितेर गएपछि हामीलाई बिर्सिन्छन् ।” लालपुर्जा नहुँदा स्थानीय व्यापार, व्यवसायदेखि ऋणलगायत अन्य सुविधाबाट वञ्चित हुनुपरेको छ । सुकुम्वासी टोलका हरि डगौंरा आफूले जग्गा नपाउन्जेल मत नहाल्ने विचारमा हुनुहुन्छ । “चुनावमा भोट हालेर मात्रै के गर्नु ? हाम्रो समस्या समाधान नै हुँदैन,” उहाँ भन्नुहुन्छ, “नेताहरूले चुनाव जित्नका लागि मात्रै हामीलाई सम्झन्छन्, त्यसैले यसपटक जग्गा पाए मात्रै भोट हाल्ने सोचेको छुँ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।