धनकुटाको महालक्ष्मीमा यसरी मौन अवधिमा सरकारी नम्बर प्लेट भएको गाडी लिएर निर्वाचन प्रचारमा घुम्दै
धनतुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ७ स्थित वडा अध्यक्ष सरकारी नम्बर प्लेट भएको बाईक लिएर पैसा बांड्न हिडेको भेटे पछि युवाहरुले पक्रेका छन् ।
राष्ट्रिय युवा संघ नेपालले मौन अबधिको समयमा सरकारी बाईक प्रयोग गरेर वडा अध्यक्ष नेत्र अधिकारीले पैसा बाड्न हिडेको अवस्थामा वडा अध्यक्षको वाईक सहित अन्य वाईक पक्रेर प्रसासनलाई बुझाएको युवासंघ महालक्ष्मीले जानएको छ ।
मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले पैसा बाड्ने , प्रचारप्रसारका काम गर्न पाउँदैनन् ।
यस अनधिमा दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।


