धनकुटामा पनि मतदान सुरु

धनकुटा । धनकुटामा पनि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि भइरहेको निर्वाचनका लागि धनकुटामा स्थाइ र अस्थाइ गरि जम्ममा १ सय ६४ वटा मतदान केन्द्र रहेका छन् ।

यो पनि…
गण्डकी प्रदेश ः मतदान सुरु
गण्डकी, ४ मङ्सिर (रासस) ःप्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान सुरु भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान समय निर्धारण गरिएको थियो । प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान सुरु भएको भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताउनुभयो । उहाँका अनुसार अत्यन्त चिसो हुने हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भैसकेको छ ।

गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार दुई सय ४६ मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यस पटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार छ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।

छिमेकी दुई ठूला राष्ट्र चीन र भारतसम्म सिमाना जोडिएको यस प्रदेशमा आजको निर्वाचनबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा हुँदैछ ।
निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारी परिचालन भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।