धनकुटामा प्रदेश सभा क्षेत्र नं १ मा एमालेका निरन राईको अग्रता कायमै

धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं १ तर्फ नेकपा(एमाले) का निरन राईले ३ हजार ४ सय ३६ मत ल्याउंदै अग्रता कायम राखेका छन् ।

त्यसैगरि संघिय समाजवादीका रकम चेम्जोंगले २ हजार ३ सय ५४ मत र नेकपा(एस) का अर्जुन राईले १ हजार २ सय ३० मत प्राप्त गरेका छन् ।

यो पनि…
प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मात्रै मतगणना
सुरुङ्गा (झापा) ६ मङ्सिर (रासस) : आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिनुभएको छ ।

त्यस्तै नेकपा (एमाले)मा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा हुनुहुुन्छ । त्यस्तै प्रदेशसभा २ मा नेकपा(माओवादी केन्द्र)का श्यामवीर लिम्बूले दुई हजार नौ सय ६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाइँले दुई हजार ६ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै झापा क्षेत्र नं ३ (१) कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीले अग्रता लिनुभएको छ । उहाँले दुई हजार आठ सय ३४ मत प्राप्त गर्दा सूर्य चिह्नमा वसन्तकुमार बानियाँले दुई हजार ६ सय २९ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (२) मा नेकपा (एमाले)का उम्मेदवाार छवि चुडालले अग्रता लिनुभएको छ । उहाँले दुई हजार एक सय २१ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पूर्णसिंह राजवंशीले एक हजार दुई सय ९० मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नं २ र ४ र ५ मा मा प्रदेशसभातर्फ मतगणना सुरु हुन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖