धनकुटा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका पराजुलीको ८ हजार ८ सय २८ मतका साथ अग्रता कायमै
धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले ८ हजार ८ सय २९ मत ल्याउंदै अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्दीको रुपमा नेकपा(एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले ६ हजार ५ सय ६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम बहादुर गुरुंगले १ हजा १ सय ८ ,स्वतन्त्र उम्मेदवार वालनन्द दाहालले ४ सय ९३,जनता समाजवादी पार्टीका डम्बर बहादुर कटुवालले ५ सय ७,स्वतन्त्र जितेन्द्र राईले १ सय ३२ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सोम बहादुर घिसिंग तामांगले १ सय ३२ मत प्राप्त गरेका छन्
यो पनि…
यो पनि…
धनकुटामा एमालेका राई अघिअघि कांग्रेसका थापा पछिपछि
धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले १५ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले १४ हजार ७ सय ६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ३ हजार ७ सय २० मत प्राप्त गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बुले ४ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले ६ सय ४०,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ६४ र एकिकृत शक्ति नेपालका रमेश राईले ५९ मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ ।
यो पनि…
इलाम–१ मा मतगणना सुरु हुन सकेन
मङ्गलबारे, ७ मङ्सिर (रासस) : इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।
राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।
हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि पर्नुभएको छ । उहाँलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पार्नुभएको हो । बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गर्नुभएको छ भने खनालले आठ हजार सात ८० मत प्राप्त पाउनुभएको छ ।


