धनकुटा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका पराजुलीको अग्रता कायमै

धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले १० हजार ३ सय ३९ मत ल्याउंदै अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्दीको रुपमा नेकपा(एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले ७ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् ।

यो पनि…
झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित
बनियानी, ७ मङ्सिर (रासस) ःप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा ९एमाले०का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।

झापा क्षेत्र नं। २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयो । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गर्नुभएको छ । उहाँ २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी हुनुभएको थियो ।

यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी हुनुभएको छ । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नं। ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।