धनकुटा प्रदेश सभा क्षेत्र नं १ मा एमालेका निरन राई १२ हजार ५ सय ५५ मतका साथ जित नजिक
धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं १ तर्फ पछिल्लो मतपरिणाम अनुसार नेकपा(एमाले) का निरन राईले १२ हजार ५ सय ५५ मत ल्याउंदै अग्रता कायम राखेका छन् ।
त्यसैगरि नेकपा(एस) का अर्जुन राईले ७ हजार ९ सय २३ मत प्राप्त गरेका छन् भने संघिय समाजवादीका रकम चेम्जोंगले ७ हजार १ सय ४० मत र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका मन कुमार राईले ५ सय ३४ मत प्राप्त गरेका छन् ।
यो पनि…
पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित
मिक्लाजुङ, ८ मङ्सिर (रासस) ःपाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ ।
प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे उहाँ दोस्रो पटक विजयी हुनुभएको हो । पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत र उहाँका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन् ।
जिल्लाको फिदिम नगरपालिका–११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री पनि हुनुहुन्छ ।
उहाँ यस पटक माओवादी केन्द्र, कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी केन्द्र)का तर्फबाट साझा उम्मेदवार हुनुहन्थ्यो । उपविजेता एमालेका नेम्वाङ एमालेका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ २०७० सालमा तत्कालीन नेकपा (माले)का तर्फबाट संविधानसभा सदस्यमा पनि निर्वाचित हुनुभएको थियो ।


