नेपाली कांग्रेस धनकुटाले ईंटाको जवाफ पत्थरले दिने

धनकुटा,११ मंसिर । नेकपा एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसका नेताहरुलाई झुटा आरोप लगाई फसाउने गंभिर षडयन्त्र गरिरहेकोले अव नेपाली कांग्रेस कांग्रेसले धनकुटा एमाालेको कडा प्रतिवाद गर्ने आज एक विज्ञप्ती प्रकाशित गरी जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाह घट्नामा संलग्नै नभएको अवस्थामा नेकपा एमाले धनकुटाका जिम्मेदवार कार्यकर्ताहरुले झुटा आरोप लगाई फसाउने गंभिर षडयन्त्र गरीरहेकाले यसको भण्डाफोर गर्दै कडा ढंगाले प्रतिवाद गर्ने नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई र धनकुटा नगर उपसभापति अमित लो तामाङ्गले विज्ञप्ती प्रकाशित गरी उल्लेख गर्नु भएको हो ।

नेकपा एमाले धनकुटाका जिम्मेदवार कार्यकर्ताहरुबाट षडयन्त्र पूर्वक ढंगले फसाउन रचिएको घट्नाको समयमा नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिसभाका उम्मेदवारको धनकुटा निवासमा गठबन्धनका उम्मेदवार र नेताहरुसंर्गै सम्पन्न निर्वाचनको वारेमा छलफल गरिरएको र नगर सदस्य शिव पुजन शाह आफ्नै घरमा रहेको समेत उहाहरुद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरु विजयको उन्मात र दम्बका कारण नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि धम्की दिने गर्ने उल्टै अनगल प्रचार गरी चरित्र हत्या गर्ने कार्य गरिरहेकोले यस किमिका हर्कत नेकपा एमाले धनकुटा कार्यकर्ताहरुबाट नरोकिएमा नेपाली कांग्रेस धनकुटा अव कडा प्रतिवादमा उत्रने चेतावानी समेत उक्त जारी विज्ञप्ती मार्फत धनकुटा कांग्रेसले दिएको छ ।

घट्नामा संलग्नै नभएको सभापति श्रेष्ठ र सदस्य शाहलाई फसाउन जवर जस्ती ढंगले सामाजिक सञ्जालमा अनगल प्रचार गरी भ्रम सिर्जना गरीरहेकोले यस किमिसको षडयन्त्र तत्काल रोक्न नेकपा एमाले धनकुटा,स्थानीय प्रशासन र प्रहरीलाई समेत सो विज्ञप्ती मार्फत धनकुटा कांग्रेसले आग्रह गरेको छ ।

विजयको दम्भ र उमान्तले अहिले नेकपा एमाले धनकुटाका केही नेता तथा कार्यकर्ताहरुले कांग्रेसका नेता तथा कार्यकताहरुलाई धम्की दिने फसाउन अनैकौ षडयन्त्र गरिरहेकोले यसबाट अलिकती विचलित र हतोत्साही नबनि सतिसाल जस्तै दृढताका साथ कांग्रेसको पक्षमा धनकुटाका सवै कांग्रेसजनलाई उभिन आग्रह गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई र नगर उपसभापति अमित लो तामाङले अव नेपाली कांग्रेस धनकुटाले ईटाका जवाफ पत्थरले दिने समेत जारी विज्ञप्ती मार्फत चेतावानी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖