धनकुटाको सहिदभुमिमा पशुमा लाग्ने लम्पी स्किन डिजिज रोगबाट पशु बिरामी
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं २ अखुवाटारमा पशुमा लाग्ने लम्पी स्किन डिजिज (Lumpy Skin Diseases) रोगबाट पशु बिरामी भएकाछन् ।
१५ दिन अघि देखि वडा नं २ का १० घरको पशुमा यो रोग देखिएको छ । गाउँपालिकाको पशुशाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार यो रोग बाट २ वटा गोरु मरिसकेका छन् ।
अन्यमा नियमित उपचार पछि नियन्त्रणमा आउदै गरेको प्रमुख पौडेलले बताउनुभयो । पशुलाई देखिएको समस्या समधान तथा रोग नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष मनोज राईको निर्देशनमा पशु चिकित्सकहरुबाट रोगी पशुहरुको निरन्तर उपचार भईरहेको उहाँले बताउनुभयो ।
यो रोग एक विषाणु (Virus) जन्य भाईरस बाट लाग्ने र एक पशु बाट अर्को पशुमा लामखुट्टे ,झिगा, भुसुनाको माध्यमबाट सर्ने भएकाले विशेष साबधानिका साथ प्रभावित पशुहरुको उपचार भईरहेको प्रमुख पौडेलले बताउनुभयो ।


