मन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश

काठमाडौँ, १५ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

पिता कृष्णमोहन र माता अम्बिकाको कोखबाट २०१३ साल फागुन ११ गते भोजपुरमा जन्मनुभएका नेता कार्की २०२७ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा हुनुहुन्छ ।

विसं २०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएका उहाँ २०७८ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ । यसअघि २०७४ सालमा उहाँ सुनसरी क्षेत्र नं ४ बाटै प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्थ्यो ।

विसं २०५८ देखि हालसम्म कांग्रेसको केन्द्रीय सदस्य रहनुभएका उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्षसमेत भइसक्नुभएको छ । उहाँले राजनीतिक जीवनका क्रममा भोजपुर र विराटनगरमा गरी चार वर्ष जेल जीवन बिताउनुभएको थियो ।

उहाँ सुनसरीको बराह नगरपालिका-१० प्रकाशपुरमा स्थायी बसोबास गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖