यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

काठमाडौँ, २४ मङ्सिर (रासस) :नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उहाँका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहनुभएको छ ।

खस आर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाही रहनुभएको छ । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल, थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी रहनुभएको छ ।

दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा तथा महिला दलिततर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा रहनुभएको छ । मधेसी पुरुषतर्फ गङ्गाप्रसाद यादव, अमृतराज लालवंशी, महिला मधेसीतर्फ बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारकी रहनुभएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा सचिवालय बैठक बसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।