ध्वजे डांडाबाट यसरी देखिन्छ सूर्योदयको दृश्य(भिडियो)

धनकुटा । पुर्बको सुन्दर पर्यटकिय स्थल मध्येको एक हो धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर ५ मा रहेको ध्वजे डाँडा । समुद्र सतह वाट २०४७ मिटरको उचाइमा रहेको यो डाँडो महाभारत पर्बत श्रृखला अन्तरगत यस क्षेत्रको दोस्रो अग्लो डाँडो हो ।

खास गरी यो सिजनमा सुर्योदयको मनोरम दृष्य हेर्न आसपासका पर्यटक यहाँ सम्म पुग्ने गरेको छन् । अन्तु र ध्बजेडाँडा दुबै ठाउ पुग्ने पर्यटक सुयोदयको दृष्य अन्तु र यहाँ वाट उस्तै देखिने बताउछन् । यहाँ वाट सुर्याेदय सहित पुर्बका अधिकाशं जिल्ला, तराइको फाँट, बिभिन्न पर्बत श्रृखला, बिभिन्न हिम श्रृखला देख्न सकिन्छ ।

पुर्बको पर्यटकिय नगरी भेडेटार वाट १३ किलोमिटर पुर्ब तथा धनकुटाको डाँडा बजारवाट १ किलो मिटर माथी रहेको छ । तर डाँडा आसपास सुबिधासम्पन्न होटल नहुनु, सडक लगायतका पुर्बाधार तथा खानेपानि तथा प्रचारप्रसार अभावका कारण प्रसस्त सम्भाबना हुदा हुदै पनि पर्यटकको नजर यहा सम्म पुग्न सकेको छैन ।

यहाँ ध्बजे डाँडा सहित डाँडा बजार स्थीत लाप्चेटारमा रहेको अजगंको बरको रुख पर्यटकको लागि आकर्षको केन्द्र हो । यो बरको रुखलाइ एसियाकै दोस्रो ठुलो रुखको रुपमा रहेको स्थानिय बताउछन् । त्यस्तै ध्बजे डाँडाको छेबैमा निर्माण गरिएको जैतुन पार्कले समेत पर्यटकलाइ लोभ्याउने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।