पिपल डाँडामा फुटबल र भलिवल प्रतियोगिता हुने
धनकुटा,२५ मंसिर । पुष महिनामा लाग्ने बिशेष मेलाको अवसर पारेर धनकुटाको छथर जोरपाटी गाउँपालिकाको पिपल डाँडामा खुल्ला फुटवल तथा भलिवल प्रतियोगिता हुने भएको छ ।
हरेक बर्ष निरन्तर हुदै आएको उक्त कार्यक्रम यो बर्ष गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागिएको स्थानिय आयोजक संस्था सहारा यूवा कल्वले जानकारी दिएको छ ।
मसिर २९ गते देखि पौष ५ गते सम्म सञ्चालन हुने उक्त नकआउट प्रतियोगिताका साथमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने स्थानिय भरत थोक्लेनले जानकारी दिनुभयो ।
फुटवल बिजेतालाई ५५ हजार,उपबिजेतालाई ३० हजार नगद सहित प्रमाण–पत्र तथा मेडल दिईनेछ । त्यस्तै भलिवल तर्फ बिजेता टोलीलाई २० हजार र उप बिजेतालाई १० हजार नगद र प्रमाण–पत्र तथा मेडल दिईनेछ ।

यो पनि…
ताप्लेजुङमा २१ जनाले बुझाए निर्वाचन खर्च विवरण
ताप्लेजुङ, २७ मङ्सिर, (रासस) ःताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका २१ उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका २६ मध्ये पाँचजनाले जिल्ला निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार प्रतिनिधिसभातर्फ जन समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्रबाट उम्मेदवार रहेका तीन जनाले निर्वाचन खर्चको विवरण दिएका छैनन् । यस्तै, प्रदेश निर्वाचन क्षेत्र (क) बाट जनता समाजवादी पार्टी नेपाल र (ख) बाट जनता समाजवादीकै प्रदेशसभा सदस्यका उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।
प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित विभिन्न पार्टीबाट ११ जनाको उम्मेदवारी रहेको थियो । यस्तै, प्रदेशसभा सदस्यका लागि प्रदेशसभा क्षेत्र (क) बाट एक स्वतन्त्रसहित आठ र (ख) बाट सात जनाको उम्मेदवारी थियो । निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।
निर्वाचनमा खर्च गर्दा प्रयोग भएको बैंक खाता र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गर्नुपर्ने निर्वाचन कार्यालयको सूचनामा उल्लेख छ । तर खर्च विवरण बुझाएका २१ मध्ये एकजना बाहेकले बैंक खाता र खर्च गर्ने पदाधिकारीको विवरण बुझाएका छैनन् ।


