धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव
धनकुटा । धनकुटामा माघ पहिलो सातादेखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव गर्ने आज निर्णय भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघको आज बेसेको बैठकले माघ पहिलो सातादेखी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं् धनकुटा महोत्सव गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा बसेको बैठकले आउँदो माघ ६ देखी १६ गते सम्म प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव टुडिखेलमा आयोजना गर्ने निर्णय गरेको महासचिव राम वहादुर गोङ्वा तामाङले जानकारी दिनुभयो ।
महोत्सवलाई भव्य रुपमा सफल बनाउन संघका अध्यक्ष राईको अध्यक्षतामा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरेको र २५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ ।
त्यसैगरी महोत्सव व्यवस्थापन,प्रायोजन व्यवस्थान तथा समन्वय समितिमा अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्,उपाध्यक्षहरु खगेन्द्र विष्ट,कृष्णराज श्रेष्ठ,निर्मला राई, महासचिव गोङ्वा,सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ रहेका छन् ।
महोत्सवलाई व्यवस्थित रुपमा व्यापक बनाउन संघको निर्वतमान अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा पूर्व अध्यक्षहरु रहनु भएको अनुगमन समिति,सचिव श्रीराम रायमाझी संयोजक र सदस्यहरुमा सुनिता थापा,उज्वल कर्माचार्य ,नविन श्रेष्ठ,महेन्द्र थापा,देव विश्वकर्मा लगायत रहने गरि ९ सदस्यीय प्रचार प्रसार समिति, कोषाध्यक्ष रुपेश श्रेष्ठ संयोजक र डिजेश शाक्य, शोभा श्रेष्ठ,रेजिना पलिखे,विपिन थापा,उज्वल कर्माचार्य सदस्यर रहेकाे अार्थिक व्यवस्थापन समिति र रिदम श्रेष्ठ संयोजक र रेवती प्रसाद अधिकारी र अम्विका धमला रहेको राष्टिय कलाकार समन्वय तथा संयोजन समिति गठन गरेको सचिव रायमाझीले वताउनु भयो ।
त्यस्तै संघका कार्यकारी सदस्य उज्वल कर्मार्चायको संयोजकत्वमा लिजा श्रेष्ठ, भिम लिम्बु ,नगेन्द्र काफ्ले रहेको स्टल निर्माण समिति गठन गरिएको छ ।
थप अन्य समितिहरु पनि निर्माण गरिने अध्यक्ष राईले वताउनु भएको छ । बैठकमा निर्वतमान अध्यक्ष घिमिरे,वरिष्ठ उपाध्यक्ष तितुङ्ग लगायतले महोत्सव भव्य रुपमा सफल बनाउन सवै क्रियाशिल हुने वताएकाछन् ।
महोत्सवलाई सफल बनाउन नेपाल उद्योग बाणिज्य महासंघ,नेपाल सरकार,प्रदेश र जिल्लाका सवै स्थानीय सरकार र सरोकारवाला कार्यालय, संघ संस्थाहरुसंग समन्वय गरी उनिहरुकै सहयोग र सहकार्यमा कार्यक्रम संचालन गरिने महासंघले जनाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघले प्रत्येक ३-३ बर्षमा आयोजना गर्दै आएको महोत्सव कोरनाका कारण गत बर्ष हुन सकेको थिएन । यसअघि मंशिरमै गर्ने भनिएको महोत्सव निर्वाचनका कारण मिति सारिएको महासंघले जनाएको छ ।


