बैंक तथा वित्तीय संस्थासँग उद्योग वाणिज्य संघको अन्तरक्रिया

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघले प्रादेशिक औद्योगिक व्यपार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव सफल बनाउन जिल्लाका बैक तथा वितिय संस्थाहरुसँग अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा जिल्लामा क्रियाशिल बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

अन्तरक्रियामा संघका अध्यक्ष राईले महोत्सवको उदेश्यमाथि प्रकाश पार्दै धनकुटामा रहेका बैक तथा वितिय संस्थाहरुको समेत महोत्सवले प्रमोसन हुने वताउनु भयो । स्वागत स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले राख्नु भएको थियो । अन्तरक्रियाको सञ्चालन महासचिव राम गोङ्वाले गर्नु भएको थियो ।

अन्तरक्रियामा राष्टिय वाणिज्य बैक धनकुटाका प्रवन्धक केन्दिप श्रेष्ठ,माछापुच्छे बैक धनकुटाका दिपक मैनाली,नेपाल टेलिकम धनकुटका हेमन्त शर्मा, सनराईज बैक धनकुटका प्रतिक भट्टराई र उमेशचन्द्र अधिकारी, गरिमा बैक धनकुटाका सौरभ श्रेष्ठ, एन आई एसिया बैंक धनकुटाका नन्द किशोर अग्रवाल,मुक्तिनाथ विकास बैक धनकुटाका हेमराज अधिकारी,सत्तकोशी बैक धनकुटाका प्रवन्धक जीवन रेग्मी लगायतले धनकुटा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने र सक्रिय सहभाीगता हुने वताए ।

धनकुटा महोत्सव माघ ६ गते देखी माघ १६ गते सम्म सञ्चालन हुने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖