ताप्लेजुङको फुङ्लिङमा ढाकाको कपडा बुन्दै उद्यमी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७, दोखुस्थित सोनी ढाका कपडा उद्योगमा ढाकोको कपडा बुन्दै उद्यमी । तस्बिरः दिलकुमार लिम्बू÷रासस

चन्दननाथ लघुवित्त सहकारी अब्बल बन्दै
जुम्ला, ५ पुस (रासस) :जुम्ला सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ लघुवित्त बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित भएको छ ।

सहकारी विषेशगरी माथिल्लो कर्णालीका मुगु, कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाँका महिलालाई आर्थिक स्रोतको वृद्धिदेखि उनीहरुको आत्मनिर्भरका सीपमुलक तालिममा केन्द्रित रहेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।

हालसम्म सहकारीमा २० हजार सदस्य बनिसकेका छन् । सहकारीले कर्णालीसहित लुम्बिनी, गण्डकी र बगमति प्रदेशका ३८ जिल्लामा सेवा केन्द्र विस्तारका लागि स्वीकृति पाएकोे सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।

सहकारीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने संस्थापकदेखि सबै टिमलाई धन्यवाद दिँदै सहकारीले महिला सहभागितालाई विशेष जोड दिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

संस्थाको आर्थिक गतिविधि संस्थाका सञ्चालक सदस्य गोकर्ण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्देै चन्दननाथ सहकारीले रु एक अर्ब ५८ करोड आठ लाख ७२ हजार छ सय कर्जा प्रवाह गरेको बताउनुभयो । कर्जा असूली एक अर्ब २६ करोड ४६ लाख आठ सय ९२ रहेको र सहकारीका हालको आम्दानी रु नौ करोड ६५ लाख एक हजार छ सय ८७ रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सहकारीको खुद नाफा एक करोड पाँच लाख ४० हजार तीन सय २४ छ ।

सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जुम्लामा स्थापना भएको सहकारी नेपालकै लागि गौरवको सहकारीका रुपमा स्थापित भएको बताउनुभयो । “शेयर लगानी बढाउनुपर्छ भने सहकारी शिक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “यहाँका महिलालाई आर्थिकरुपमा परिपक्क बनाउन सहकारीले विशेष प्रकारका योजना ल्याउनु आवश्यक छ ।”

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लामै एक अर्ब बढी कारोबार गर्ने सहकारीले आर्थिक र सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताउनुभयो ।

पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन बोहराले सहकारीको समृद्धिका लागि सबै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताउनुभयो । तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र बचत गर्ने सिकाइ निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिनुपर्ने बताउनुभयो । जिल्ला सदरमुकाममा विविध कार्यक्रम गरी सहकारीले आफ्नो १२औँ साधारणसभा सम्पन्न गरेको छ ।
—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖