सहिदभुमिमा गरिवी निवारणका लागि सिप विकास तालिम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिका वडा नं ७ मा गरिवी निवारणका लागि सिप विकास तालिम सम्पन्न भएको छ ।

लघु उद्यम विकास कार्यक्रम मेडपा सहिदभुमि गाउँपालिकाको आयोजनामा वडा न ७ मा ७ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय छनोट गर्ने ,व्यवसाय संचालन गर्ने तरिका ,व्यवसाय सन्चालन्का क्रममा आइपर्ने समस्या समाधानका बारेमा तालिममा सहभागिलाई तालिम प्रदान गरिएको गाँउपालिकाको कम्पुयूटर अपरेटर दिपक राई ले जानकारी दिनुभएको छ ।

उद्ममशीलता तालिम सहिदभुमि गाउँपालिका उद्मम विकास कार्यक्रम संयोजक तथा वाड न ७ का वाडअध्यक्ष वम बहादुर राईले तालिम समापन कार्यक्रममा बोल्नु हुदै वडा नं ७ मा अधिकाशं कृषिमा पेशामा आवद्ध ग्रमिण भेगका जनताको जिवन स्तर उकास्नका लागि सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले तालिममा सिकेको कुरालाई व्यबहारमा लागु गर्न अनुरोध गर्दै आफु र वाड तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

तालिम सफल पार्न सहयोग गर्ने गाउँ पालिका ,उद्मम शाखाका सहजकर्ता र तालिममा सक्रिय सहभागीलाई धन्यवाद दिनुभएको थियो । सोहि अवसरमा चम्पादेवी लघु उद्मम समुह सहिदभुमि ७ , टप्पुदेवी लघु उद्मम समुह सहिदभुमि ७ कलंकी देवी लघु उद्मम समुह सहिदभुमी ७ का ३ वाट समुहलाइ समुह सन्चालन का लागि आवश्यक सामग्री वितरण गरिएको कम्पुयूटर अपरेटर दिपक राईले बताउनु भयो ।

यो तालिम गाँउपालिकामा गएको वर्षहरु देखिनै नयाँ नयाँ उद्मम सिर्जना गरि विभिन्न व्यावसाय संचालन गर्न सहयोग पुग्ने आशा साथ यो कार्यक्रम सहिद्भुमी गाउँपालिकाको क्रमस २०७७ /०७८ मा सहिद्भुमी २ ,३,४ मा २०७८ /०७९ मा सहिद्भुमी ५ र ६ मा भएको २०७९/०८० मा सहिद्भुमी ७ र १ मा क्रमश भै रहेको जानकारी दिन्भयो । तालिमा सहभागी तर्फवाट मनिषा थापाले आफ्नो अनुभव राख्नु भएको थियो ।

समापन तालिमको अध्यक्षता चम्मापादेवी लघु उद्मम समूह सहिद्भुमी -७ का अध्यक्ष कला भण्डारीको अध्यक्षता सम्पन भएको थियो । तालिम सहिद्रभुमी गाउपलिका लघु उद्मम विकास सहजकर्ता खुमा राई ,ओमा राई , कम्पुयूटर अपरेटर दिपक राई र लघु उद्मम विकास सहजकर्ता रसु राई तालिम दिनुभएको थियो । तालिमा वडा नं ७ का विभिन्न समुहका सदस्य तथा स्थानियको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।