नेपाल प्रेस युनियन प्रदेश १ को पदाधिकारीका लागि धनकुटाबाट २ जनाको उम्मेदवारी हुने
धनकुटा,१४ पुष । नेपाल प्रेस युनियनको प्रदेश १ को सचिव र कोषाध्यक्ष पदका लागि धनकुटाका दुई जना पत्रकारलाई नेपाल प्रेस यूनियन धनकुटा शाखाले उम्मेदबार बनाउँने भएको छ ।
सचिव पदका लागि नरेन्द्र राई र कोषाध्यक्ष पदका लागि कविराज घिमिरे लाई अघि बढाउँदै उम्मेदवार बनाउने नेपाल प्रेस यूनियय धनकुटा शाखाका सल्लाकार, कार्यसमितीका पदाधीकारी तथा सदस्य, प्रदेश पार्षदहरुको भेला को छलफल बाट २ जना लाई उम्मेदवार बनाउने सहमती भएको नेपाल प्रेस यूनियन धनकुटा शाखाका सचिव विकास घिमिरेले जानकारी दिनु भयो ।
उहाँका अनुसार आवश्यक अन्य पदमा समेत धनकुटाको दाबी रहनेछ धनकुटा बाट प्रदेश पार्षदको संख्या ५२ जना रहेका छ । नेपाल प्रेस युनियनको प्रदेश १ को अधिवेशन पुस २३ र २४ गते बिराटनगरमा हुदै छ ।




