प्रदेश नं १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

विराटनगर, १५ पुस(रासस):प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो । प्रदेश १ मा कांग्रेसको कुल २९ सदस्य रहेका छन् । नेता थापा नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिसमेत हुनुहुन्छ । निर्वाचन नेपाली कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजङ्ग रायमाझीको संयोजकत्वमा भएको थियो ।

निर्वाचनपछि दलका नेता थापाले प्रदेश नं १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । उहाँले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने विचार व्यक्त गर्नुभयो ।

दुई सय वर्ष पुरानो रानीतलाउ जीर्ण बन्दै
–राकेशकुमार मिश्र
खजुरा, १५ पुस (रासस): निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा पुनः पहिलाको जस्तै भएको छ ।

धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक सञ्चालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “नेपालगञ्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत् दुःख लागेको छ, नेपालगञ्ज सहरको आकर्षण र पुरानो गहनाको रूपमा रहेको यो तालको दुर्दशा हेर्दा लज्जित महसुस गरेको छु ।”

सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक रु १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् ।

नेपालगञ्जको इतिहास बोकेको दुई सय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको सङ्ख्या घटेको छ । रानीतलाउको जीर्णोद्धारपछि सुरुआतको वर्षमा अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटकको सङ्ख्या घटेको छ ।

फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँका रूपमा परिचत रानीतलाउ पुनः जीर्ण बन्दै गएपछि तालाउ घुम्न आउने पर्यटकको सङ्ख्या घटेको छ । बालबालिका खेल्नका लागि तलाउमा परिसरमा राखिएको झुला, चिप्लेटीलगायतका सामग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फूलबारी पनि जीर्ण बनेको छ । तलाउ परिसरमा भेटिनुभएका नेपालगञ्जका नवीन रोकायले संरक्षणका अभावमा जीर्ण बन्दै गएकाले संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।

राज्य पुनःसंरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलाउलाई जीर्णोद्वार गरेका थिए । निरन्तर मर्मतसम्भार तथा संरक्षणको अभावका कारण अहिले पुनःतलाउ जीर्ण बन्दै गएको छ । सरसफाइको अभावका कारण तलाउको पानी एकदमै फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय गिरवरप्रसाद अग्रवाल बताउनुहुन्छ ।

विसं २०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो, त्यसपछि वडा नं ८ ले करिब चार महिना रानीतलाउ सञ्चालन ग¥यो । वडा कार्यालयका अनुुसार सो अवधिमा रु छ लाख कमाइ भयो । सुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिब चार महिनामा रु छ लाख आम्दानी भएको देखेका ठेकेदारले बढाबढ गरेर बोले ।

रु १० लाखबाट सुरु भएको ठेक्का कबोल रु १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर सुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाउ बन्द गरिएको थियो । कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको नदेखिएको त्यहाँका कर्मचारी सुदेश केसीले बताउनुभयो ।

सुरुआती चरणमा करिब दुई वर्षमात्रै तलाउ राम्रै सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोनापश्चात तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेकै जस्तै बनाउने योजना रहेको नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो ।

रानीतालउमा सरसफाइको कमी, तालको फोहर पानी, जीर्ण बन्दै गएको र बालबालिका खेल्ने सामग्री तथा पर्यटन प्रवद्र्धनको कमीका कारण पर्यटकको सङ्ख्या घट्दै गएको देखिन्छ । सरोकारवाला निकायले थप अकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियामित मर्मतसम्भार गरी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖