आँखाको शल्यक्रिया अब गाउँमै

टक्सार (भोजपुर), १८ पुस (रासस) ः आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान सावित हुने गरेको छ ।

भोजपुरको दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालङखामा नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रले दुई दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन ग¥यो । सो शिविरमा ४२ जनाले आँखाको शल्यक्रिया गराए । उनीहरुले वर्षाेंदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे । चौरासी वर्षीया पवित्रा विष्टले आँँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराउनुभयो ।

गाउँमै उपचार पाएपछि उहाँले भन्नुभयो, “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन, तर अहिले गाउँमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु ।” उहाँ मात्र होइन सोही शिविरमा स्थानीय ८६ वर्षका रामबहादुर विकले पनि शल्यक्र्रिया गराउनुभयो । उहाँ पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी हुनुहुन्छ ।

ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहँुदा वषांैदेखि सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झण्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो ।

आमचोकका ८२ वर्षीय गोरमान राई आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहनुभएको थियो तर शिविर नै गाउँमा आएपछि स्पष्ट आँखा देख्ने हुनुभएको छ ।

गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुन्छ, उनीहरुलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, सङ्घका संस्थापक जिल्ला सभापति तेज मोक्तानले भन्नुभयो ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकासँग समन्वय गरी आँखा शिविर सञ्चालन हँुदै आएको मोक्तानले जानकारी दिनुभयो । दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालखामा सञ्चालन भएको दुईदिने आँखा शिविरमा चार सयले उपचार पाएका छन् ।

दातृ संस्था सिविएमको सहयोग तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा सुमित मिश्र लगायतको टोलीले शल्यक्र्रिया गरेको थियो । शिविर हतुवागढी गाउँपालिकाको केन्द्र घोरेटारमा पनि आजदेखि सुरु भएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।