छथरजोरपाटी गाउँपालिकाको गाउँसभा आजबाट सुरु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको आर्थिक बर्ष २०७९र८० को दोस्रो गाउँसभा तथा १२ औं अधिवेशस आज शुक्रबार बाट सुरु भएको छ ।

गाउँसभामा विभिन्न ऐन निर्माण, संशोधन लगायतका निर्णय हुदै यही पुष २४ गते आइतबार गाउँसभा सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

यो पनि…
गुल्मी, २२ पुस (रासस) ःगुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

जिल्लामा सबैभन्दा बढी किवी खेती गर्ने पालिकामा सत्यवती गाउँपालिका रहेको छ । सत्यवतीको भार्षेमा हाल २२ हेक्टर क्षेत्रफलमा किवीको व्यावसायिक उत्पादन गरिँदै आएको छ । २२ हेक्टर क्षेत्रफलमा गरिएको किवी उत्पादनबाट यो वर्ष त्यहाँका कृषकहरुले ३८ टन किवी उत्पादन गरेका छन् । भार्षेमा उत्पादित किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गर्दछ । बजारमा उपलब्ध किवीको तुलनामा यहाँ उत्पादित किवीको औसत मूल्य दुई सय रुपैँया रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी यतिबेला किवी बनेको छ । यो फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरुका लागि उपयुक्त मानिन्छ । किवी खेतीका लागि कृषि ज्ञान केन्द्र गुल्मीले पोल, बिरुवा र सिँचाइमा सहयोग पु¥याउँदै आएको छ । व्यावसायिक किवीको उत्पादनमा युवाहरुको चासो बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । कृषकहरुलाई किवी खेती गर्न प्रोत्साहित गर्नका लागि ज्ञान केन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गरी आगामी पोल निर्माणमा थप अनुदान उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

सत्यवती गाउँपालिकाले पनि भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरेको छ । किवी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकहरुलाई पालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइ लगायतका क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो । भार्षेका शिवलाल थापाले व्यावसायिक रुपमा किवी खेती गर्दै आउनुभएको छ । उहाँले किवी बिक्री गरेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने उहाँको अनुभव छ । सिजनमा भार्षेका बारीहरु किवीले ढपक्कै ढाकिएका हुन्छन् । किवी बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि एक सय किलोसम्म फल दिने गरेको स्थानीय नवीन छन्तेलले बताउनुभयो ।

बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्यान्न बाली जोगाउन हैरान भएको अवस्थामा किवी खेती त्यहाँका कृषकहरुका लागि बरदान बनेको छ । किवी बढी झुसिलो हुने भएका कारण पनि बाँदर, बँदेल र अन्य चराचुरुङ्गीहरु यसबाट टाढै बस्ने गरेको बताइएको छ । जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्ममा किवी खेती गरिन्छ । गुल्मीमा सत्यवतीलगायत कालीगण्डकी, मदाने, मालिका र धुर्कोट गाउँपालिकाका पनि किवीको व्यावसायिक खेती सुरु गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।