धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारण सभा सम्पन्न
धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ स्थित धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का प्रदेश संसद ईन्द्रमणी पराजुलीले उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि पराजुलीले सभालाई सम्बोधन गर्दै सहकारीको माध्यम बाट समाजमा विभिन्न खाले सामाजीक परिवर्तन तथा आर्थिक विकासका लागि उल्लेख्य योगदान गरेको चर्चा गर्नु हुदै आगामि दिनमा सहकारीको मुल्य र मान्यता निति नियम भित्र रहेर काम गर्न सकेमा सहकारीको माध्यम बाट सहकारीहरुले ठूलो परिणाम सहितको नतिजा दिन सकिने उहाँले बताउनु भयो ।
यस्तै उहाँले सहकारीको सिद्दान्त,उदेश्य र मर्म अनुसार नचल्दा वित्तिय सुशासनमा विश्वास कमी जस्ता समस्या देखा परिरहेकोले सहकारी क्षेत्रमा देखिएका यस्ता चुनौरि र जोखिमलाई न्युनिकरण गर्दै आमनागरीकको विश्वास र भरोसा बढाउदै जानु पर्नेमा जोडदिनु भयो ।
साथै उहाँले सहकारीलाई थप व्यवस्थित रुपमा अगाढि बढाउन नयाँ प्रविधि र तालिमलाई प्राथमिक्तामा राख्नु पर्नेमा जोड दिनु भयो । संस्थाकी अध्यक्ष मनकुमारी तितुङ ताराले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७८।०७९ मा १७ लाख ५ हजार तिन सय १५ रुपैया शेयर पुजिँ तथा २ करोड १३ लाख ३ हजार ४ सय ८६ बचत तथा निक्षेप संकलन गरेको जानकारी दिनु भयो । त्यस्तै गरी १ करोड २८ लाख ३१ हजार लगानी रहेको जानकारी दिनु भयो ।
यस्तै सहकारीले यस आर्थिक वर्ष २०७८।०७९ मा २ करोड १८ लाख ४१ हजार ७७ रुपैया ८९ पैसा बराबरको कुल करोबार गरेको कोषाध्यक्ष विष्णु माया कन्दङवाले जाकारी दिनु भएको थियो ।
सोहि अवसरमा संस्थाले सहकारीका उत्कृष्ट बचत कर्ता , उत्कृष्ट सेयर धनी , उत्कृष्ट ऋण लगानि कर्तालाई सम्मान गरेका थिए । सम्मानित हुनेमा नेत्रकुमारी तामाङ, बालकृष्ण तितुङ र बबिता राईलाई सम्मान पत्र र करुवा प्रदान गरेर सम्मान गरेको थियो ।
सहकारीले आफ्नो १० औ वार्षिक साधारण सभाको अवसरमा धनकुटा बजार निवासी क्यान्सर पिडित राम बहादुर तामाङको उपचारका लागि रु ८ हजार ७ सय रुपैया आर्थिक सहयोग प्रदान गरेका थिए ।
सहकारीको १० औ साधारण सभाको बन्दशत्र बाट पुन सहकारीका अध्यक्ष मनकुमारी तितुङ ताराको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा वेनी कुमारी खड्का ,सचिवमा निर्मला राई श्रेष्ठ ,कोषाध्यक्ष विष्णु माया कन्दङवा ,सदस्यहरुमा पूर्ण माया राई ,दुर्गा श्रेष्ठ र जिमि ल्वागुन रहेकाछन् । यस्तै लेखा समिति संयोजकमा सृजना श्रेष्ठ ,सदस्यहरु प्रतिमा आचार्य ,कमला मगर रहेका छन् भने ऋण समिती संयोजक खड्ग माया राई, सदस्यहरु वालिका तिम्सीना र मन्जु श्रेष्ठ रहेको छ । बन्द शस्त्रबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो ।
१० औ साधारण सभाका विशेष अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदिले जिल्ला भित्र रहेको सहकारीको संख्या र महिलाहरु द्धरा सञ्चालित सहकारीको विवरण प्रस्तुत गर्नु हुदै उहाँले महिला दिदिबहीनिबाट सञ्चालित सहकारी संस्थाहरु अहिले सम्मा उत्कृष्ट अवस्थामा रहेको जानकारी दिनु भयो ।
उहाँले सहकारी संस्थालाई व्यवस्थित ढंगले अगाडि बढाउन समय समयमा तालिममा सहभागि भएर क्षमता अभिवृद्धि गर्न आवाश्यक रहेको बताउनु भयो । साथै उहाँले आगामि दिनमा सहकारीको सेयर पुँजी बढाँदै जानु पर्नेमा जोडदिनु भयो ।
सभाका अतिथिहरु विभिन्न सहकारी सस्था तथा विभिन्न समुह संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना शुभकामना मन्तव्य राखेका थिए । सभाको स्वागत मन्तव्य कोषाध्यक्ष विष्णु माया कन्दङवाले राख्नु भएको थियो भने सञ्चालन सचिव निर्मला राई श्रेष्ठले गर्नु भएको थियो ।





