धनकुटामा नागरिक आरोग्य कार्यक्रमको जिल्ला स्तरिय अभिमुखीकरण तथा अभियान संचालन कार्यक्रम सम्पन्न

धनकुटा, २७ पुष । “मेरो स्वाथ्य मेरो जिम्बेवारी” भन्ने नाराका साथ सुरु भएको नागरिक आरोग्य कार्यक्रमको जिल्ला स्तरिय अभिमुखीकरण तथा अभियान संचालन कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सरकार स्वाथ्य मन्त्रालय स्वाथ्य निर्देशनालय आयूर्वेदिक तथा वैकल्पीक चिकित्सा शाखाले प्रदेश न १ धनकुटाले आज धनकुटामा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आयूर्वेदिक तथा वैकल्पीक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपान, त्यसले स्वाथ्यमा पर्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुन्छ, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने भन्ने लगायतका बिषयमा डा केनिव राईले जानकारी गराउँनु भएको थियो साथै उहाँले समुदाय स्तरमा समेत आयूर्वेदिक तथा वैकल्पीक चिकित्साको प्रयोग र खानपानका बिषय जानकारी गराउँन आवश्यक भएको बताउँनु भयो ।

कार्यक्रममा बोल्दै स्वयमसेविका सावित्रा वाग्लेले समुदाय स्तरमा यस्ता कार्यक्रम गर्नु आवश्यक भए पनि कार्यन्वयन पक्ष भने चुनौती पूर्ण रहको बताउँनु भयो । साथै उहाँले यस्ता कार्यक्रम समुदाय स्तरमा पु¥याउने जिम्बेवारी महिला स्वथ्य स्वयम सेविका लाई दिइने भए पनि काम अनुसारको सेवा सुविधा भने नपाउने गरेको गुनासो समेत राख्नु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्यवय समितीका प्रमुख निरेन तामाङ्गले पछिल्लो समय मानिसहरु खान नपाए भन्दा पनि खान नजानेर अश्वस्थकर बन्दै गएको बताउँनुभयो साथै उहाँले हरेक नागरिकले शारिरीक व्यायममा विशेष ध्यान संगै खानपानमा समेत ध्यानदिनु पर्ने धारण राख्नु भएका थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै स्वाथ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले धन्वन्तरीको समय देखि सुरु भएको आयूर्वेदिक तथा वैकल्पीक चिकित्सा पालना गर्नु पर्ने र सबैले स्वथ्यकर जीवन यापन गर्दे आयूर्वेदको विकासमा सहयोग गर्नु पर्ने बताउँनु भयो साथै उहाँले यी कार्यक्रमहरु वडा स्तर सम्म संचालन हुने समेत बताउँनु भयो । कार्यक्रममा स्वथ्य स्वयम सेविका, स्वाथ्य तथा आयूर्वेदिक क्षेत्रमा कृयाशिल व्यातिmत्व, योगगरु समाजसेवी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖