तामाङ समाज युएईद्वारा भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न

युएई । तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएईले भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको एकमात्र छाता संगठन तामाङ समाज युएईको आयोजनामा भएको सेलो विशेष ल्होछार-२०२३ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गायकद्धय विश्व दोङ र शैलाप वाइबा युएई पुगेका थिए ।

तामाङ समाज युएईका संस्थापक एवम् संरक्षक राम मोक्तानको प्रमुख आतिथ्य, जनजाति महासंघ युएईको पुर्व अध्यक्ष महेश मोक्तान, आन्तराष्ट्रिय तामाङ परिषद मध्यपुर्वको सचिव सुरेन्द्र थिङ, आसा फाउन्डेसनको अध्यक्ष एवम् समाजसेवी आसा लामा, त्रिसुली समाज युएईका अध्यक्ष लोकेन तामाङको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।

त्यसैगरी जनप्रगतिशिल मंच मध्यपुर्वका सदस्य शम्भु वाइवा, जनसम्पर्क समितिका सभापति भुवानी प्रसाद तिमिल्सिना, नेपाली समाज युएईका पुर्व अध्यक्ष गोबिन्द ढकाल, वर्तमान अध्यक्ष वेदप्रसाद अर्याल लगायत युएईमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो ।

तामाङ समाज युएईका अध्यक्ष जितेन्द्र गोले तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रम लामागुरुहरुबाट विशेष पुजापाठ गरी सुरु गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राम मोक्तानले तामाङहरु शिक्षाकै कारण पछाडि परेकाले तामाङ समाज युएईको हरेक कार्यक्रम शिक्षा संगै तामाङहरुको भाषा,संस्कृति र धर्मको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले तामाङ समाज युएई स्थापना कालका कठिनाइहरु स्मरण गर्दै आजको दिनसम्म योगदान गर्ने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद समेत दिएका थिए ।

त्यसैगरी जनजाति महांसघ युएईका पुर्व अध्यक्ष एवम् तामाङ समाज युएईका संरक्षक महेश मोक्तानले तामाङ समाज युएईले तामाङ समुदायको लागि दिएको योगदानको उच्च प्रशंसा गर्दै यसको निरन्तरताको कामना गरेका छन् ।

नेपालबाट सांगीतिक प्रस्तुति दिन आएका गायक एवम् संगीतकार विश्व दोङ, म्हेन्दोमाया गायक शैलाप वाइबा लगायत युएईलाई कर्मथलो बनाएका स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिले ल्होछार कार्यक्रम संगीतमय बनेका थिए । साथै केहीदिन देखि ब्रेन हेमरेजको समस्यले शिक्षण अस्पताल महाराजगन्जमा उपचार्थ मोडल पुर्णिामा थोकरलाई समेत तामाङ समाज युएईले आर्थिक सहयोग गर्ने तयारी गरेका छन् ।

हजारौं दर्शकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न हुदै गर्दा कार्यक्रम स्थलमा दर्शक नअटेपछि सयौं दर्शकहरु फर्किनु परेको थियो । त्यसका लागि दर्शकसंग आयोजकले क्षमा समेत माग्नुपर्ने परिस्थिति सिर्जना भएको थियो ।

कार्यक्रममा तामाङ समाज युएईमा आबद्ध भइ तामाङ समुदायलाई विभिन्न कोणबाट योगदान दिएका राम मोक्तान, महेश मोक्तान र सुरेन्द्र थिङ तामाङलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए भने, कार्यक्रम संयोजक अप्रिल तामाङले स्वागत मनत्व्य र नविन दोङ तामाङले कार्यक्रम संचालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।