साँस्कृतिक महोत्सवमा साकेला नृत्य प्रस्तुत गर्दै स्थानीय राई समुदाय

पाँचथरको फिदिम नगरपालिका–६ सिवामा आयोजित साँस्कृतिक महोत्सवमा साकेला नृत्य प्रस्तुत गर्दै स्थानीय राई समुदाय । तस्वीर:रवीन्द्र काफ्ले, रासस

प्रधानसेनापति खुल्ला म्याराथन दौडमा रोकाय प्रथम घोषित
काठमाडौँ, २८ माघ (रासस) :
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम हुनुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेलमैदानमा आयोजित समारोहमा प्रथम हुन सफल रोकायलाई रु तीन लाख नगद पुरस्कार र सिरिक अटोमोबाइल्सप्रालिबाट प्रायोजन गरिएको यामाहा मोटरसाइकलको साँचो हस्तान्तरण गर्नुभयो ।

उक्त प्रतियोगितामा अमलदार खडकबहादुर खड्का द्वितीय तथा जमदार कृष्णबहादुर बस्नेत तृतीय हुनुभयो । द्वितीय हुने खड्कालाई रु दुई लाख र तृतीय हुने बस्नेतलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरियो । विसं २०७२ देखि सेना दिवसका अवसरमा सञ्चालित यो प्रतियोगिता आठौँ संस्करण हो ।

हाफ म्याराथन खुल्लातर्फ दीपक अधिकारी प्रथम, मुकेश पाल द्वितीय र तीर्थ पुन तृतीय घोषित हुनुभयो । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमश ः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगद प्रदान गरियो । प्रतियोगितामा प्रथम हुने धावकलाई काठमाडौँ महानगरपालिकाकातर्फबाट यामाहा मोटरसाइकल प्रदान गरिएको थियो ।

महिलातर्फको हाफ म्याराथनमा राजपुरा पछाई, पूर्णलक्ष्मी न्यौपाने र निर्मला केसीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रथम हुने महिला धावकलाई कुजु नेपाल प्रालिबाट स्कुटर तथा पूर्वप्रधानसेनापतिद्वारा उपलब्ध गराइएको रु २५ हजार प्रदान गरियो ।

सैनिक महाविद्यालय, विद्यालय, राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित १० किमी दौडतर्फ सोनु घतानी प्रथम, साधना श्रेष्ठ द्वितीय, मनिषा गिरी तृतीय भई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुभयोे । सोही समूह र दूरीको छात्रतर्फ विकेश घिमिरे, प्रज्वल श्रेष्ठ र सुशील बोहरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुहभयो ।

दस किमी दूरीकै सैनिक अधिकृत महिला सम्मिलित प्रतियोगितामा अस्मिता जिसी, दुर्गा केसी र गीता गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित हुनुभयो । सैनिक अधिकृत पुरुषतर्फ सुरज ऐरी, विशाल चन्द्र र जिलेश्पीजङ्ग कार्कीले पनि प्रथम, द्वितीय र तृतीय घोषित भई क्रमश ः रु १० हजार, सात हजार र पाँच हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रधानसेनापति सम्मिलित पाँच किमी दूरीको वाकाथनमा सैनिक उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुनुभयो । सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन विभागीय टोली हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको सेनाले मुलुकभित्रका विभिन्न विधाका खेलाडीको पहिचान गरी तालिम प्रशिक्षणका साथ आप्mनो क्लबमा आबद्ध गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖