छथरजोरपाटी गाउँपालिकामा आज सार्वजनिक विदा

धनकुटा,२८ फागुन । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आज गाउँ पालिका भर सार्वजनिक विदा दिएको छ ।

गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँ पालिकाको छैठौं स्थापना दिवश फागुन २७ गते मनाइएको हुंदा आज गाउँ पालिका भरि सार्वजनिक दिएको गाउँ पालिकाका अध्यक्ष छत्र बहादुर सुब्बा जारी गरिएको सुचनामा जनाइएको छ ।

यो पनि…
बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण
नवलपरासी, २८ फागुन (रासस)ःनवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले जानकारी दिनुभयो ।

करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ ।

जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवा प्रवाह सहज पुग्ने विश्वास लिनुभएको छ ।

करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो । उक्त भवन बनाउनका लागि रु नौ करोड ४२ लाख ५६ हजारमा बोलपत्र आह्वान गरिएको रु सात करोड ९० लाख ५६ हजारमा बोलपत्र परेको जिससका सबइञ्जीनियर सन्देश न्यौपाने बताउनुभयो । भवन निर्माणको जिम्मा आकृति पशुपति एभरेष्ट जेभी बुटवलले पाएको छ । जिससको हाल आफ्नै भवन नहुँदा भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖