धनकुटाका एक महिलाको तमोर नदीमा डुबेर मृ’त्यु
धनकुटा, चैत्र ५ । धनकुटाको धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृ’त्यु भएको छ । मृ’त्यि हुनेमा धनकुटा नगरपालिका-९ कि ४५ बर्षीय मसिनि बि.क. रहेकि छन ।
हिजो दिउँसो नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर मृ’त्यु भएको हो ।
घटना स्थलमा तत्काल खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यो पनि…
बर्षा भए संगै किसानहरु लाई राहत
धनकुटा,५ चैत ।लामो समयको खडेरी पछि भएको बर्षाले किसान लाई राहत दिएको छ ।
करिब ६ महिना पछि बर्षा भए संगै किसानहरु लाई राहत मिलेको छ । बर्षा भए संगै किसानहरु वालि लगाउने सुरसारमा लागेका छन् । बिहिबार धनकुटा जिल्लाका अधिकांश स्थानमा बर्षा भएको थियो भने शनिवार राती पनि जिल्लाका धेरै स्थानमा बर्षा भएको छ ।
अन्न बालि मकै तथा चैते धान लगाउने समयमा बर्षा भएको हुदाँ कृषि पेशामा रहेका किसान लाई ठूलो राहत भएको धनकुटा नगरपालिका ५ का कृषक हर्क बहादुर राईले बताए । साथै बर्षाले तरकारी वालि गर्ने किािन लाई समेत ज्यादै ठूलो राहत दिएको छथर जोरपाटी गाउँपालिकाका कृषक दिल बहादुर लिम्बुले बताए ।


