सिंधुवामा पुस्तकालय भवनको शिलान्यास
धनकुटा,१० चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा धनकुटामा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको सम्झौता तथा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ ।
जापानका जनता, शान्ति स्वयमसेवक र रीड नेपालको आर्थिक तथा प्राविधीक सहयोग छथर जोरपाटी गाउँपालिका र स्थानिय समुदायको साझेदारी तथा सिंधुवा छथर जोरपाटी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्र छथर जोरपाटी ६ को आयोजनामा गरिएको भवनको शिलन्यास तथा संझैता गरिएको छ ।
गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्षहरु संरक्षक सदस्य, गाउँपालिका उपाध्क्षय मुख्य संरक्षक सदस्य र मुख्य संरक्षकको रुपमा गाउँपालिका अध्यक्ष रहने गरि दु्रत रुपमा भवन निर्माण गरिने जनाईएको छ ।
भवन निर्माणको शिलन्यास छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बा, गाउँपालिका उपाध्यक्ष गिता गुरुग खेवा, लगायतले गर्नु भएको थियो भवन शिलन्यास कार्यक्रमा विभिन्न वडाका वडा अध्यक्ष, सहयोगि तथा साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधी राजनैतिकदलका प्रतिनिधी, समाजसेवी बुद्धिजीवि लगातय स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो ।


